१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान



अ+ अ-
शताब्दी पुरुषलाई सम्मान

काठमाडौँ, २७ असोज (रासस) संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज सम्मान र अभिनन्दन गरिएको छ । नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव, अजम्बरी राष्ट्रिय सम्पदाको रूपमा चित्र गर्दै तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले आज यहाँ आयोजित समारोहमा उहाँलाई अभिनन्दन गरेको हो ।

विसं १९७७ मा वैशाख ३० गते जन्मनुभएका संस्कृतिविद् जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा छ दर्शनभन्दा बढी सिर्जनात्मक र अनुसन्धानात्मक कृति प्रकाशित छन् । काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, कोशकार, समालोचक, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्धी कमाउनुभएका जोशीका लोकसाहित्य, लोकसंस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित छन् ।

वाङ्मय शताब्दी पुरुष जोशीले सङ्घका अध्यक्ष मदनकुमार शिवाकोटी, महान्यायाधिवक्ता अग्नि खरेल र प्रा डा कुमारप्रसाद कोइरालालाई सम्मान र अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशी र महान्यायाधिवक्ता खरेलले एकीकृत उपभोक्ता सङ्घको वार्षिक स्मारिक जमराको २३औँ अङ्कको लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा धर्म, साहित्य, वातावरण, विकास, भूगोल, कृषि, चार्डपर्वलगायतका विषयमा विद्धानका लेख रचना समावेश गरिएको छ । सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रमसमेत गरेको थियो ।