• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पौडेल भारत भ्रमणमा जाने



काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो भ्रमणका लागि पौडेल मंगलबार नयाँ दिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

भ्रमणमा राजनीतिक भेटघाट पनि हुनेछ । भ्रमणका क्रममा उनी बोधगया, बद्रीनाथ, केदारनाथ, हरिद्वार र ऋषिकेश पनि पुग्नेछन् । पौडेल हालै युरोपको भ्रमण गरेर फर्किएका छन् ।