९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्य समस्या बढ्याे



अ+ अ-

काठमाडौँः पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।

सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं सोचाइमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको छ ।

मानसिक स्वास्थ्य समस्याले असामान्यरुपमा व्यक्तिको भावना, सोचाइ र व्यावहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।

स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिनुभयो ।

पछिल्लो जनगणनाअनुसार १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा ४० प्रतिशत रहेको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण पनि मन्त्रालयले गरेको छ । उहाँका अनुसार बाल्यकालमा नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीबाट खिसिट्युरी, आर्थिक विपन्ता लगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । “स–साना, बोझ एवं तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत युवामा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउनुहुन्छ ।

मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न उहाँ भन्नुहुन्छ, “अभिभावकले बालबालिका तथा युवायुवतीका कुरा सुन्नुपर्छ । ती कुरालाई सकभर पूरा गर्ने बानी बसाल्नुपर्छ । पूरा नभए के कारणले नहुने हो जवाफ दिनुपर्छ । अभिभावकले उनीहरुको कार्यबोझ हटाइदिनुपर्छ ।”

आत्महत्या बढ्दो

मानसिक स्वास्थ्य समस्याले गर्दा आत्महत्याबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३४६ व्यक्तिले आत्महत्या गरेका थिए । तीमध्ये दुई हजार ८५४ पुरुष, २ हजार २०० महिला, १११ बालक र १३९ बालिका रहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वका १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण र नेपालमा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको जनाएको छ ।