३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको पेन्सिलभेनियामा गोली प्रहार, ११ को मृत्यु



अ+ अ-
 

११ कात्तिक, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले लेखेको छ ।

आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको थियो । रिपोर्टहरुका अनुसार यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए ।

यसअघि स्थानीय प्रशासनले विलकिंग्स र शेडी इलाकामा एक शुटर सक्रिय रहेको भन्दै उक्त स्थानमा नजान सूचित गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए ।