• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काबुल नजिकै दुई व्यक्तिको गोली हानी हत्या



symbolic photo

एजेन्सी । सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ । 

दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो । 

आक्रमणकारीहरूले गोली हानी घटनास्थलबाट भागेको भन्दै तत्काल आक्रमणकारीको परिचय नखुलेको प्रहरीले बताएको छ । घटनाको बुधबार समाचार तयार पार्दासम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।