२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाबेलाइ एेतिहासिक सफलता, बंगलादेश पराजित



अ+ अ-

सिल्हेट, बंगलादेश, २० कात्तिकः जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो ।

जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार विकेट लिएका थिए भने सिकन्दर राजाले तीन विकेट लिए । बंगलादेशको दोस्रो इनिङ चौथो दिनमा एक सय ६९ रनमा समेटिएको थियो ।

बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए । दुई टेस्टको यस शृङ्खलामा जिम्बाबे १–० ले अगाडि भएको छ ।

बंगलादेशले पहिलो इनिङमा एक सय ४३ रन बनाएको थियो । जिम्बाबेले भने पहिलो इनिङमा दुई सय ८२ रन बनाई एक सय ३९ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा एक सय ८१ रन बनाएको जिम्बाबेले बंगलादेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ ।

खेल संक्षेपमा

जिम्बाबे पहिलाे इनिङ  २८२ रन

बंगलादेश पहिलाे इनिङ  १४३ रन

जिम्बाबे दाेस्राे इनिङ  १८१ रन (जितका लागि ३२१ रनकाे लक्ष)

बंगलादेश दाेस्राे इनिङ १६९ रन (अलअाउट)




भर्खरै