१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाबेलाइ एेतिहासिक सफलता, बंगलादेश पराजित



अ+ अ-

सिल्हेट, बंगलादेश, २० कात्तिकः जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो ।

जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार विकेट लिएका थिए भने सिकन्दर राजाले तीन विकेट लिए । बंगलादेशको दोस्रो इनिङ चौथो दिनमा एक सय ६९ रनमा समेटिएको थियो ।

बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए । दुई टेस्टको यस शृङ्खलामा जिम्बाबे १–० ले अगाडि भएको छ ।

बंगलादेशले पहिलो इनिङमा एक सय ४३ रन बनाएको थियो । जिम्बाबेले भने पहिलो इनिङमा दुई सय ८२ रन बनाई एक सय ३९ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा एक सय ८१ रन बनाएको जिम्बाबेले बंगलादेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ ।

खेल संक्षेपमा

जिम्बाबे पहिलाे इनिङ  २८२ रन

बंगलादेश पहिलाे इनिङ  १४३ रन

जिम्बाबे दाेस्राे इनिङ  १८१ रन (जितका लागि ३२१ रनकाे लक्ष)

बंगलादेश दाेस्राे इनिङ १६९ रन (अलअाउट)