२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०६ दिन, हत्यारा पत्ता नलागेपछि धर्नामा निर्मला बाबु



अ+ अ-

काठमाडौँः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन्। हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्।

‘यत्तिका समय भइसक्यो हत्यारा पत्ता लागेको छैन। सरकारले पनि लाग्छ-लाग्छ भनेर आश्वासनमात्र दिइरहेको छ। दबाब होला कि भनेर धर्ना बस्न लागिएको हो।’आमा दुर्गाले भनिन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि धर्नाका लागि सबै तयारी पूरा भइसकेको आमा दुर्गाले बताइन्।

‘अहिले घरमा केटाकेटीको रेखदेख गर्नु परेकाले म चाहिँ केही दिन धर्नामा बस्दिनँ। श्रीमान आजैदेखि धर्नामा बस्नुहुन्छ’ उनले भनिन्।

निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो। शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो। यसबीचमा प्रहरीले ४ जनाको डिएनए परीक्षण समेत गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन। अन्य शंकास्पद चारको नमुना संकलन गरे पनि प्रतिवेदन आएको छैन।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ। अन्य ६ जना प्रहरी निलम्बनमा छन्।

प्रहरीले सुरुमा स्थानीय दिलीपसिंह विष्टलाई हत्या अभियोगमा सार्वजनिक गरे पनि डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी अदालतको साधारण तारेखमा छुटेका छन्। नक्कली अभियुक्त खडा गरिएको भन्दै स्थानीयले विष्ट प्रक्राउपछि निरन्तर प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा एक जनाको ज्यानसमेत गएको थियो।

घटना छानबिन तथा अनुसन्धानका लागि गृह मन्त्रालय र नेपाल प्रहरीले छुट्टाछुट्टै दुई टोली गठन गरेको थियो। दुबै टोलीले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको र प्रमाण नष्ट पारिएको प्रतिवेदन दिएका छन्। यद्यपि दुबै टोलीले दोषी किटान गर्न सकेका छैनन्।

घटनाको अनुसन्धान गरिरहेका कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले घटनाको ठोस प्रमाण फेला नपरेकाले अनुसन्धान जटिल भइरहेको बताए।