१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०६ दिन, हत्यारा पत्ता नलागेपछि धर्नामा निर्मला बाबु



अ+ अ-

काठमाडौँः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन्। हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्।

‘यत्तिका समय भइसक्यो हत्यारा पत्ता लागेको छैन। सरकारले पनि लाग्छ-लाग्छ भनेर आश्वासनमात्र दिइरहेको छ। दबाब होला कि भनेर धर्ना बस्न लागिएको हो।’आमा दुर्गाले भनिन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि धर्नाका लागि सबै तयारी पूरा भइसकेको आमा दुर्गाले बताइन्।

‘अहिले घरमा केटाकेटीको रेखदेख गर्नु परेकाले म चाहिँ केही दिन धर्नामा बस्दिनँ। श्रीमान आजैदेखि धर्नामा बस्नुहुन्छ’ उनले भनिन्।

निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या भएको थियो। शव परीक्षण प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको थियो। यसबीचमा प्रहरीले ४ जनाको डिएनए परीक्षण समेत गरे पनि हत्यारा पत्ता लाग्न सकेको छैन। अन्य शंकास्पद चारको नमुना संकलन गरे पनि प्रतिवेदन आएको छैन।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ। अन्य ६ जना प्रहरी निलम्बनमा छन्।

प्रहरीले सुरुमा स्थानीय दिलीपसिंह विष्टलाई हत्या अभियोगमा सार्वजनिक गरे पनि डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी अदालतको साधारण तारेखमा छुटेका छन्। नक्कली अभियुक्त खडा गरिएको भन्दै स्थानीयले विष्ट प्रक्राउपछि निरन्तर प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा एक जनाको ज्यानसमेत गएको थियो।

घटना छानबिन तथा अनुसन्धानका लागि गृह मन्त्रालय र नेपाल प्रहरीले छुट्टाछुट्टै दुई टोली गठन गरेको थियो। दुबै टोलीले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको र प्रमाण नष्ट पारिएको प्रतिवेदन दिएका छन्। यद्यपि दुबै टोलीले दोषी किटान गर्न सकेका छैनन्।

घटनाको अनुसन्धान गरिरहेका कञ्चनपुरका एसपी कुबेर बहादुर कठायतले घटनाको ठोस प्रमाण फेला नपरेकाले अनुसन्धान जटिल भइरहेको बताए।