५ आश्विन २०८१, शनिबार
,
Latest
मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजाताको घरमा काँग्रेसका ७ नेताको ‘लन्च मिटिङ’ देउवाविरुद्धको मोर्चा



अ+ अ-

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् ।

नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफुखुसी गरेको भन्दै असन्तुष्ट बनेका देउवाइतरका नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्धको मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् ।

काँग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान १० बजेदेखि बसेको उक्त लन्च सहितको बैठक झण्डै २ घण्टा भन्दा बढि चलेको थियो ।

बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा. रामशरण महत सहभागी भएका दिए ।

बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रक्रिया विपरित गएकोबारेमा सवै नेताहरु एकमत भएकाे एक नेताले जानकारी दिए ।

बैठकमा सहभागि मध्येका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न थालेकाले त्यसको शसक्त प्रतिरोध गर्न आवाश्यक भएको निश्कर्ष निकालेको रातोपाटीलाई बताए ।
उनले भने, ‘पार्टीका निर्णयहरु संस्थागत हुन सकेनन् । जसले समग्र काँग्रेसको छवि नै विग्रन थालेको तथा विधी र प्रकृया विपरित सभापति देउवा जान थालेकाले सामाुहिक रुपले अगाडी बढ्ने विषयमा  प्रारम्भिक छलफल भयो ।’

नेता केसीका अनुसार सभापतिका पछिल्ला निर्णयहरुले प्रजातान्त्रिक पद्धति समेत तोड्ने काम भएकाले त्यसबारे आगामी दिनमा छलफल गर्दै अघि बढ्न सात नेताहरु समहमत भएका छन् ।

यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै काँग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरेका थिए ।