२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड



अ+ अ-

सुर्खेत, २६ कात्तिक (रासस) ः कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड दिइएको बताउनुभएको छ । सुर्खेत लेकबेसी नगरपालिकाको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको आज नवनिर्मित कृषक तालीम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

सहकारीबिना आर्थिक विकास र स्वरोजगार असम्भव रहेको औँल्याउँदै मन्त्री केसीले भन्नुभयो, “कृषि क्षेत्रमा नमूना काम गर्ने सहकारी, कृषक तथा कृषि समूह एवं फर्मका लागि रु तीन करोड बजेट विनियोजन गरिएको छ ।” “किसानहरुले उत्पादन गरेको बीउ न्यूनतम मूल्य दिएर खरीद गर्छौं र उनीहरुलाई एक प्रतिशत पनि निराश हुन दिने छैनौँ,” उहाँले थप्नुभयो, “सरकारी अनुदान किसानमा पुगेन बरु बिचौलियाहरुले खाए ।”

प्रदेशसभा सदस्य सीता नेपालीले तीन खम्बे अर्थनीतिमा सहकारी एक रहेको बताउँदै अबको सहकारी सञ्चालकमा नभई सदस्यमा केन्द्रित हुने ऐन तथा रणनीति तयार गर्न थालिएको जनाउनुभयो ।

पूर्वसांसद ललिता रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुर्खेतका वरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय, लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले नेपाल कृषि प्रधान देश भए पनि अहिले यो क्षेत्र निराशाजनक अवस्थामा पुगेको चिन्ता प्रकट गर्नुभयो ।

उक्त सहकारी संस्थाका अध्यक्ष देवबहादुर रानाले नौ हेक्टर जमीनको क्षेत्रफलबाट धान, मकै, मसुरो, तोरीलगायत अन्नको बीउ उत्पादन गर्दै अहिले तिनै बीउ २०० हेक्टर क्षेत्रफलको जमीनमा उत्पादन गर्न थालिएको बताउनुभयो ।




भर्खरै