२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा नेविसंघको चक्काजाम



अ+ अ-

२८ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले  देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो । चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन ।पुगेको चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

रुपन्देहीस्थित अनलाइनखबरकर्मी कपिल ज्ञवालीका अनुसार बुटवलका विभिन्न क्याम्पस एकाइहरुले मंगलबार बिहान संयुक्त रुपमा चक्काजाम गरेका छन् ।

विद्यालय तथा कार्यालय जाने समयमा कम गाडी चल्दा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई असुविधा भएको थियो ।

डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गरेको छ ।

चक्काजामका कारण डडेल्धुराको सवारी आवागमन १ घण्टा प्रभावित बनेको थियो ।

नेविसंघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले पक्राउ परेका ढकालको विनाशर्त रिहा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत रहने जनाए ।