१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा नेविसंघको चक्काजाम



अ+ अ-

२८ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार बिहान १ घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाइ माग गर्दै नेविसंघले  देशभरका विभिन्न स्थानमा चक्काजाम गरेको हो । चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन ।पुगेको चक्काजामका कारण बिहान ९ बजेदेखि १० बजेसम्म विभिन्न स्थानको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

रुपन्देहीस्थित अनलाइनखबरकर्मी कपिल ज्ञवालीका अनुसार बुटवलका विभिन्न क्याम्पस एकाइहरुले मंगलबार बिहान संयुक्त रुपमा चक्काजाम गरेका छन् ।

विद्यालय तथा कार्यालय जाने समयमा कम गाडी चल्दा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई असुविधा भएको थियो ।

डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गरेको छ ।

चक्काजामका कारण डडेल्धुराको सवारी आवागमन १ घण्टा प्रभावित बनेको थियो ।

नेविसंघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले पक्राउ परेका ढकालको विनाशर्त रिहा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत रहने जनाए ।