२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा – प्रम ओली



अ+ अ-

काठमाडौं, २८ कात्तिक , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको
र चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङ – ीगय क्जगनबलन बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । “समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं” प्रधानमन्त्री ओलीलाई उधृत गर्दै वहाँका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गर्नु भएको छ । “हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं” प्रधानमन्त्रीले भन्नुभएको छ “हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”
चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताउनुभएको छ । गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभएको छ । “नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाहरु बढी आकर्षित छन्” मन्त्री सुगाङको भनाइ उधृत गर्दै डा.भट्टराईले भन्नुभयो “भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।”