२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले समय नदिँदा इपीजीले प्रतिवेदन बुझाउन सकेन, चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास



अ+ अ-

 

काठमाडौं : प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन्।

बिहीवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रतिवेदन बुझ्न काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताए। ईपीजीले गत जुलाईमै प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम तय भएको छ।

काठमाडौंमा नेपालका प्रधानमन्त्रीले पहिलो बैठक उद्घाटन गरेको ईपीजीले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको थियो। तर, भारतीय प्रधानमन्त्रीले समय नदिँदा प्रतिवेदन बुझाइएको छैन।
ईपीजीका नेपाल तर्फका सदस्य समेत रहेका भट्टराईले प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी गरे।

यसैबीच उनले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भइरहेको बताए। उनले भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए।




भर्खरै