२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले समय नदिँदा इपीजीले प्रतिवेदन बुझाउन सकेन, चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास



अ+ अ-

 

काठमाडौं : प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन्।

बिहीवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रतिवेदन बुझ्न काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताए। ईपीजीले गत जुलाईमै प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम तय भएको छ।

काठमाडौंमा नेपालका प्रधानमन्त्रीले पहिलो बैठक उद्घाटन गरेको ईपीजीले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको थियो। तर, भारतीय प्रधानमन्त्रीले समय नदिँदा प्रतिवेदन बुझाइएको छैन।
ईपीजीका नेपाल तर्फका सदस्य समेत रहेका भट्टराईले प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी गरे।

यसैबीच उनले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भइरहेको बताए। उनले भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए।