२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीको जापान भ्रमण शनिबारदेखि



अ+ अ-

काठमाडौँ, ३० कात्तिक: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

जापानबाट स्वदेश फर्कनेक्रममा उहाँले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली रहनुहुनेछ ।

उक्त मन्त्रालयका अनुसार मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ भने जापानमा रहेका नेपालीसँग छलफल गर्नुहुनेछ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी हुनुहुन्छ ।

मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कनुहुनेछ ।