३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

इङ्ल्यान्ड नेसन्स लिगकाे सेमिफाइनलमा, क्राेएसिया पराजित

इङ्ल्यान्ड नेसन्स लिगकाे सेमिफाइनलमा, क्राेएसिया पराजित
अ+ अ-

काठमाडौं । इङ्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गरेकाे हाे ।  इङ्ल्यान्डका लागि जेसी लिंगार्ड र कप्तान ह्यारी केनले गोल गरेका थिए । क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले गोल गरेका थिए ।

पहिलो हाफ भने दुबै टिम गाेलरहित बराबरीमा थिए । दोस्रो हाफमा इङ्ल्यान्डले दुई गोल गरेकाे थियाे । क्रोएसियाका लागि ५७ औं मिनेटमा क्रमारिचले गोल गरी अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा लिंगार्डले गोल गरी बराबरी गरेका थिए । ८५ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई २-१ गोलको जित दिलाए ।

जितपछि इङ्ल्यान्डले लिग ‘ए’ समूह ४ बाट ४ खेलमा ७ अंक बनाउँदै सेमीफाइनलमा स्थान बनाएको छ ।

स्वीट्जरल्यान्डले यूईएफए नेसन्स लिग फुटबलमा बेल्जयमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वीट्जरल्यान्डकाे दनादन ५ गाेल

आफ्नै मैदानमा भएको खेलमा स्वीट्जरल्यान्डले बेल्जियमलाई ५–२ गोलअन्तरले पराजित गरेको छ । सुरुवाती समयमा नै दोब्बर गोलको अग्रता बेल्जियमले जोगाउन सकेन । खेलको दोस्रो मिनेटमा नै हजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

फेरी खेलको १७ औं मिनेटमा उनले अर्को गोल गर्दै बेल्जियमलाई दोब्बर अग्रता दिलाएका थिए ।

स्टार खेलाडीले भरिएकाे बेल्जियमले शानदार सुरुवात गरेपनि पछि खराब प्रदर्शन गरेकाे थियाे । खेलको २६औं मिनेटमा नै पेनाल्टीबाट बेल्जियमले गोल खान पुगेको थियो । २६ औ मिनेटमा रिकार्डो रोड्रिग्वेजको गोलबाट स्वीट्जरल्यान्डले २–१ गोलको स्थितिमा पुगेको थियो । स्वीजरल्यान्डको जितमा हरिसले ह्याट्रिक गोल गरे ।

३१औं, ४४ औं र ८४औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक गोल पूरा गरेका थिए । त्यस्तै, खेलको ६२औं मिनेटमा निसो एलभिडीले गरेका थिए ।