२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली फास्ट ट्रयाकको प्रारम्भिक सर्भे सुरु



अ+ अ-

सिमकोट  । राष्ट्रिय गौरवको आयोजना (उत्तर दक्षिण लोक मार्ग ) कर्णाली काेरिडोरको हिल्सा, सिमकोट, सुर्खेत हुँदै बाँकेकाे जमुनाहसम्मको सडक खण्डको फास्ट ट्रयाकको प्रारम्भिक सर्भे कार्यको सुरुवात भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा आएको चिनीयाँ सिँचुवा प्रान्तको सरकारी रेल वे कम्पनीको प्राविधिक सहितको टोलीले हिल्साबाट सो सर्भेको सुरुवात गरेको हो ।

सुर्खेत, सिमकोट हुँदै हिल्सासम्मको हवाई अवलोकन गरेर सिमकोट पुगेपछि आयोजित कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि सुनौलो दिनको सुरुवात भएको बताउँदै अन्य नाका ब्यापारिक नाका मात्र भएको र हिल्सा नाका प्रदेशको मात्र नभएर देशकै आर्थिक सम्बृद्धिसँग जोडिएको बताउनुभयो ।

भौगोलिक अवस्थाका बारेमा कर्णली प्रदेशको जिम्मेवार टोली हवाई सर्भे गर्न उच्च स्तरीय प्राविधिक सहितको टोली आएको बताउदै अब टोलीले हिल्सा देखि जमुनाहसम्मको भूगोलको सर्भे गरेर त्यसको प्रतिवेदन केही दिनमा पेश गर्ने र प्रतिवेदनका आधारमा उक्त खण्डको सडक निर्माणका गर्न लगानीका लागि फेरि सरोकारवाला पक्ष बसेर छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले आफूले तत्कालीन स्थानीय सरकारले २० वर्ष अघिदेखेको सपनालाई कर्णाली प्रदेश सरकारले पनि महत्व दिँदै आएको यस खण्डको हिल्सादेखि जमुनाहसम्म पाँच सय साठी किलो मिटरलाई फास्ट ट्रयाकमा परिवर्तन गरेर देशकै मेरुदण्डको रुपमा विकास गर्नु पर्ने बताउनुभयो ।

मानसरोवर कैलाश जस्तो धार्मिक स्थलमा अहिले जुन रुपमा पर्यटकहरु आगमन भैरहेको र फास्ट ट्रयाकको निर्माण पछि त्यसमा १० गुणाले वृद्धि हुने बताउनुभयो ।

यसका लागि सरकारले बजेटको समेत व्यवस्था गरेर पूर्वसम्भाव्यता अध्ययन पनि सुरुवात भएकोले यो कार्य सरकारको सकरात्मक कामको थालनी भएकोले प्रतिपक्ष दल यसमा सहयोग गर्न सधै तयार रहेको बताउनुभयो । पर्यटन क्षेत्रको लागि राम्राे भएकोले मौसमको कारण सदाबहार रुपमा सडक संचालन गर्न कठिन हुने भएको कारण फास्ट ट्रयाक आवश्यक रहेको उहाँले बताउनुभयो । यसका लागि कर्णाली  सरकारले केन्द्र सरकार र यो उच्च स्तरीय चिनीया कम्पनीसँग कुरा गरेर कामको थालनी गरेकोमा सरकारको समेत प्रसंशा गर्नु भएको थियो ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले अहिलेको मुख्य उद्देश्य हिल्सादेखि जमुनाह नाकासम्मलाई फास्ट्र ट्याक खुलाएर संचालनमा ल्याउने रहे अनुसार सो कार्य गर्न चिनीयाँ कम्पनीसँग सम्झौताका लागि नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा चिनीया रेल वे कम्पनीसँग सम्झौता भएर पहिलो चरणको कार्यको थालनी भएको बताउनुभयो ।

यो बाटोको सर्भे गर्ने कार्य बिभिन्न चरणमा हुँदै आएकोमा यो पहिलो चरणको सर्भे भएको र अब चाँडै यसको प्रतिबेदन आउने र त्यसपछि यो खण्डको सडकलाई कसरी लगानी गर्ने टुगों लाग्ने बताउनुु भयो । यो कर्णाली प्रदेश कै मेरुदण्ड भएको समेत मन्त्री ज्वालाले बताउनुु भयो ।

कर्णाली प्रदेशको मुख्या मन्त्री र चीनको सिचुवान प्रान्तका सरकारी रेल वे कम्पनी बिच भएको सम्झौता अनुसार पहिलो चरणको काम सुरुवात भएको र यस पछि दुई हप्तासम्म बिशेषज्ञ प्राबिधिकहरुको टोलीले जान सक्ने बाटोमा गाडीमा बसेर पानी, माटो, चट्टान, भु बनोटको परिक्षण गरेर प्रबितेदन तयार गरेर प्रदेश सरकारलाई पेश गरिने कम्पनीमा नेपाली प्रतिनिधि कबिन्द्र जोशीले बताउनुु भयो ।

हवाई सर्भेले हेर्दा कठिन नभए पनि भुगोल हेर्दा टर्नेलहरु निर्माण गर्न सजह नभएको तर कर्णाली प्रदेश सरकारले ल्याउने बजेट तथा कार्यक्रममा भर पर्ने बताउनुु भयो । मुख्य मन्त्री शाहीको टोली मंगलवार बिहान नेपाली सेनाको हेलिकोप्टरमा सुर्खेत, सिमकोट हुँदै हिल्सासम्म हबाई यात्रा गरेको थियो ।

उहाँको टोलीमा कर्णाली प्रदेशका भौतिक पुर्बाधार मन्त्री खड्क खत्री, सामाजिक बिकास मन्त्री दल बहादुर रावल, सात सदस्यीय चिनीयाँ प्राबिधिकको टोली, हुम्ला जिल्लामा सासदद्धय छक्क बहादुर लामा र रंगमति शाही, जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामा, खार्पुनाथका अध्यक्ष कर्ण रावल, नेकपाका केन्द्रीय सदस्य बिजय भण्डारी, काँग्रेस सभापति जयपति रोकाया लगाएको उपस्थिती रहेको थियो । (राजन रावत)