२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनाभित्र पार्टी एकता टुङ्गीन्छ : अध्यक्ष दाहाल



अ+ अ-

 

दोलखा, २ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताउनुभएको छ ।

दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आज आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उहाँले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गर्नुभयो ।

“दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ”, दाहालले भन्नुभयोे ।

पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ । तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन ।” उहाँले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दावी गर्नुभयो ।

रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ । (रासस)