४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

चीनले महिला राजदूतलाई फिर्ता बोलाएर महिला नै पठाउँदै

चीनले महिला राजदूतलाई फिर्ता बोलाएर महिला नै पठाउँदै
अ+ अ-

काठमाडौँ — चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अघि नै फिर्ता बोलाएर उनको स्थानमा नयाँ राजदूत सिफारिस गरेको छ ।कुटनीतिक स्रोतका अनुसार बेइजिङले होउ यानक्वीलाई नेपालका लागि २१ औं राजदूत बनाएर नेपाल पठाउन लागेको छ। उनी चिनियाँ परराष्ट्र मन्त्रालयमा उप-महानिर्देशकको पदमा कार्यरतछिन्। स्रोतका अनुसार चीनको आफ्नो निर्णय नेपालको परराष्ट्र मन्त्रालयलाई बताइसकेको छ। काठमाडौंबाट सहमति मिल्नासाथै यानक्वीलाई चिनियाँ राष्ट्रपति सी चिन फिनले औपचारिक नियुक्ती दिने छन्।

हालकी राजदूत यू होङ २०१६ नोभेम्बरमा नियुक्ती पाएकी थिइन्। उनको कार्यकालमा नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौतामा हस्ताक्षर गर्नुका साथै विभिन्न समयमा उच्च तहको द्विपक्षीय भ्रमण समेत भएका थिए। स्रोतका अनुसार हालकी राजदूत होङ सह-सचिवमा बढुवा भएपछि फिर्ता जान लागेकी हुन्। नयाँ सिफारिस गरिएकी राजनूत यानक्वी नेपाली अधिकारी र राजनीतिज्ञहरुमाझ परिचित नाम हुन्।

उनी दक्षिण एसिया मामिला हेर्ने चिनियाँ मन्त्रालयको एसियाली विभागकी प्रमुख व्यक्ति हुन्। उनी नेपाल र बेइजिङको सम्बन्ध बारे निकै जानकारी राख्छिन्।

नयाँ चिनियाँ राजदूत सिफारिस बारे परराष्ट्र मन्त्रालयले भने कुनै टिप्पणी गर्न चाहेन।
(कान्तिपुर डेली डटकममा समाचार छ ।)