२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि न्यूजिल्यान्डको रोमाञ्चक जित



अ+ अ-

अबुधाबी, ३ मंसिरः अबुधावी टेष्टमा न्यूजिल्यान्डले पाकिस्तानमाथि ४ रनको रोमाञ्जक जित हात पारेको छ । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

विना विकेटको क्षतिमा बनाएको ३७ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तानले थप १३४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानका बाबर आजम पाँचौं विकेटका रुपमा रन आउट भए, जतिबेला टिमको स्कोर १४७ रन थियो । तर, एजाज युनुस पटेलले घातक बलिङ गरेपछि पाकिस्तान धराशायी भयो ।

अन्तिम विकेट बाँकी छँदा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर, पटेलले अजहर अलीलाई इलबीडब्लू धरापमा पार्दै न्यूजिल्यान्डलाई रोमाञ्चक जित दिलाए । पाकिस्तानमा अली ६५ रनमा आउट भए । पटेलले ५ विकेट लिए ।

न्यूजिल्यान्डले पहिलो इनिङमा १५२ र दोस्रो इनिङमा २४९ रन बनाएको थियो । पाकिस्तानले भने पहिलो इनिङमा २२७ रन जोडेको थियो । जितसँगै तीन टेष्टको शृङ्खलामा न्यूजिल्यान्डले १-० को अग्रता लिएको छ ।




भर्खरै