१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि न्यूजिल्यान्डको रोमाञ्चक जित



अ+ अ-

अबुधाबी, ३ मंसिरः अबुधावी टेष्टमा न्यूजिल्यान्डले पाकिस्तानमाथि ४ रनको रोमाञ्जक जित हात पारेको छ । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

विना विकेटको क्षतिमा बनाएको ३७ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तानले थप १३४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानका बाबर आजम पाँचौं विकेटका रुपमा रन आउट भए, जतिबेला टिमको स्कोर १४७ रन थियो । तर, एजाज युनुस पटेलले घातक बलिङ गरेपछि पाकिस्तान धराशायी भयो ।

अन्तिम विकेट बाँकी छँदा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर, पटेलले अजहर अलीलाई इलबीडब्लू धरापमा पार्दै न्यूजिल्यान्डलाई रोमाञ्चक जित दिलाए । पाकिस्तानमा अली ६५ रनमा आउट भए । पटेलले ५ विकेट लिए ।

न्यूजिल्यान्डले पहिलो इनिङमा १५२ र दोस्रो इनिङमा २४९ रन बनाएको थियो । पाकिस्तानले भने पहिलो इनिङमा २२७ रन जोडेको थियो । जितसँगै तीन टेष्टको शृङ्खलामा न्यूजिल्यान्डले १-० को अग्रता लिएको छ ।