२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा विस्फोट, कम्तीमा ४० को मृत्यु



अ+ अ-

काबुल, ४ मंसिर । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा हलमा विस्फोट हुँदा कम्तीमा ४० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले बताएको छ। अन्य ६० जना घाइते भएका छन्।

पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरूहरू भेला बेला सो विस्फोट भएको हो।

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए।

विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ।

अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन्।

अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्।