२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरा थापाले जितिन् ‘लोक आवाज’ उपाधि



अ+ अ-

दमौली, ४ मङ्सिर : तनहुँ कलाकार सङ्घले आयोजना गरेको ‘तनहुँ लोक आवाज–२’ को उपाधि भिमाद नगरपालिका निवासी मन्दिरा थापाले जित्नुभएको छ ।

सङ््घले शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको मौलिक लोकगीत गायन प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै थापाले उपाधि जित्नुभयो ।

प्रतियोगितामा घिरिङ गाउँपालिका निवासी बोमाया थापाले द्वितीय, भिमाद नगरपालिका निवासी निशान सुनारले तृतीय र रिसिङ गाउँपालिका निवासी शान्तिमाया थापाले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो ।

उपाधिसँगै विजेताले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार प्राप्त गर्नुभएको छ । मौलिक लोकगीत संरक्षण गर्ने उद्देश्यले सङ्घले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।

पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश विभिन्न संस्कृतिले भरिपूर्ण रहेकाले संस्कृति संरक्षणका लागि प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले कलाकारले संस्कृति संरक्षणका लागि थालेको प्रयास उदाहरणीय रहेको चर्चा गर्नुभयो ।

सङ्घका अध्यक्ष यामसागर विकले कलाकारको अधिकार स्थापित गर्दै अग्रज कलाकारलाई सम्मान र अनुज कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सोही अवसरमा तनहुँका प्रगतिशील लोक सर्जक दिलीपकुमार श्रेष्ठलाई यस वर्षको ‘स्रष्टा सम्मान’ प्रदान गरियो ।

प्रतियोगितामा सङ्गीतकार तथा गायक दिवान किनार, खड्ग गन्धर्व, रञ्जिता गुरुङ, कृष्णप्रसाद गौतम र केसीमाया रामदामले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

गत भदौ १६ गतेदेखि शुरु भई विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा १२ कलाकारले प्रतियोगितामा आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमरविरही गुरुङले समेत आफ्नो प्रस्तुति राख्नुभएको थियो । (रासस)