३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

परिवारको भविष्यका लागि विदेशिएँ – साहुखल

परिवारको भविष्यका लागि विदेशिएँ – साहुखल
अ+ अ-

कुमार चौलागाईं

काठमाडौँ, ४ मङ्सिर : “खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो” आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्तिmका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो ।

“अहिले देश फेरियो परिवेश फेरियो काम एउटै हो, नेपालमा रहँदा फुटबल खेल्थेँ, जापानमा फुटबल सिकाउँछु”, साहुखलले भने । परिवार र सन्ततिका लागि पनि केही गर्नुपर्ने भएकाले विदेश जानुपरेको उनको भनाइ छ । “खेलेर मात्र जीवन धान्न सकिने अवस्था रहेन, म मात्र होइन धेरै खेलाडी विदेशिएका छन् ।”

नेपाली फुटबलमा साहुखलको नाम पछिल्लो तीन वर्षदेखि कतै सुनिएको छैन । साहुखल फुटबलबाटै टाढिएका भने होइनन् । फरक मुलुक र फरक परिवेशमा उनले फुटबललाई निरन्तरता दिइरहेका छन् । तीन वर्षयता सन्तोष जापानमा छन् र मुख्य कुरा उनी फुटबलमै छन् । त्यहाँको एक क्बलमा आबद्ध उनी बालबालिकालाई फुटबल सिकाउँछन् ।

विसं २०७२ मा राष्ट्रिय लिग खेलेयता उनले नेपाली राष्ट्रिय टोलीबाट कुनै पनि खेल खेलेका छैनन् । जापानबाट एक महीनाको छुट्टीमा अघिल्लो साता नेपाल आएका उनलाई नेपाली फुटबलको मायाले छोडेको छैन । “च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले लिग खेल्न आग्रह गरे पछि म नेपाल आएँ ।”

जारी लिगमा उनी अब च्यासलको जर्सी लगाएर मैदानमा उत्रने छन् । “च्यासलमा अहिले सबै नयाँ खेलाडी रहेछन्, विमल घर्तीबाहेक सबै साथी नयाँ छन्, उनीहरुसँग मिलेर लिगमा राम्रो प्रदर्शन गर्नेछु ।”

जापान र नेपाली फुटबलमा के फरक पाउनुभयो भन्ने प्रश्नमा साहुखलले भने, “नेपालको प्रशिक्षण मैदान राम्रो छैन, त्यहाँ पूर्वाधारको हिसाबले धेरै राम्रो छ ।” जापानको लिग ‘एट’ फुटबल लिग खेलिरहेका उनलाई जापानमा मात्रै फुटबल र फिटनेसबारे ज्ञान भयो । नेपालमा रहँदा प्राय फिटनेसका कारण विवादमा आइरहने उनी अहिले फिट देखिन्छन् । सन्तुलित आहार र सन्तुलित खेल नै खेलाडीको फिटनेसमा अहम् हुने उनले बुझे । नेपाली खेलाडीमा त्यही समस्या अहिले पनि रहेको उनको बुझाइ छ ।

राष्ट्रिय टोलीबाट खेल्दाखेल्दै जापान भासिएका उनले अहिलेसम्म सन्न्यासको घोषणा गरेका छैनन् । “अझै मौका पाए राष्ट्रिय टोलीबाट खेल्ने इच्छा छ”, साहुखलको भनाइ थियो ।

पछिल्लोपटक राष्ट्रिय लिगमा थ्रीस्टार क्लबबाट खेलेका सन्तोषले त्यसबीच नेपाल आएर मोफसलका केही प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लबबाट पनि खेलेका थिए । घरेलु फुटबलमा सर्वाधिक गोलकर्ता रहेका सन्तोषले लिग फुटबलमा १०० गोल पूरा गरिसकेका छन् । उनले थ्री स्टार, एपिएफ र मनाङमस्र्याङ्दीबाट व्यावसायिक लिग खेलिसकेका छन् । थ्रीस्टारका लागि उनले दुई पटक ए डिभिजन लिग र एक पटक राष्ट्रिय लिगसमेत जितेका छन् ।

सन्तोषले राष्ट्रिय टोलीमा पछिल्लोपटक सन् २०१५ मा भएको फिफा विश्वकप छनोट खेलेका थिए । उनले भारतविरुद्धको दोस्रो लेगको खेल शुरुआती रोजाइबाट खेलेका थिए । त्यसपछि उनी टोलीमा अटाएका छैनन् । उक्त खेलमा विमल घर्तीमगर र सन्तोषले नेपालको अग्रपङ्क्ति सम्हालेका थिए । अहिले च्यासल युथ क्लबमा पनि विमल र सन्तोषले नै फरवार्ड सम्हाल्नेछन् ।

सन् २००७ को अक्टोबरमा भएको विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलबाट डेब्यू (अन्तर्राष्ट्रिय खेल शुरु) गरेका सन्तोषले २०१५ मा विश्वकप छनोटअन्तर्गत नै भारतविरुद्ध अन्तिम पटक खेलेका थिए । साहुखल जस्ता दर्जनौँ खेलाडी अहिले विदेश पलायन भइसकेका छन् । यस्ता प्रतिभालाई रोक्नु र खेलेरै जीवन धान्न सक्ने बनाउनु आजको मुख्य आवश्यकता हो ।  (रासस)