• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस्

चार महीनादेखि गोदाममै अड्कियो चिनी



–वीरेन्द्र कर्ण

वीरगञ्ज, ५ मङ्सिर  : सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको चार महीना भइसकेको छ ।

हिन्दूहरूको महानचाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको पश्चिम बङ्गालको हल्दियास्थित रेणुका सुगर मिलबाट सो परिमाणको चिनी आयात गरेको थियो, तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किन पुगेको हो ।

“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो”, सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत धनबहादुर बरुवालले राससलाई भन्नुभयो, “तर कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ गते आएकोले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ ।”

२०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकोले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट हालसम्म कुनै पनि निर्देशन नआएकाले चिनी गोदाममै थन्किएको भन्सार अधिकृत बरुवालले बताउनुभयो ।

यता कर्पोरेसनले सो चिनी आयात गर्न एलसी (प्रतीतपत्र) खोलेको थियो । चिनी आपुर्तिकर्ता रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भएपनि बुक गरेको रेल्वे जाम र चापको कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकोले हालसम्म गोदाममै थन्किएको कर्पोरेसनका पर्सा प्रमुख अमोज लामिछानेले जानकारी दिनुभयो । “चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले चिनी लामो समयसम्म बन्दरगाहको गोदाममै रहेकाले दैनिक करिब रु दुई लाख जरिवाना तिर्नुपर्ने अवस्था समेत सिर्जना भएको बताउनुभयो ।

विगत चार महिनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको हो । चिनी आयातमा साविकमा १५ प्रतिशत भन्सार शुल्क रहेकोमा सङ्घीय सरकारले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याएको छ ।

सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएका कारण असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन । सरकारले चिनी आयातमा रोकलगाएपछि यहाँका उपभोक्ताहरु भारतीय चिनी प्रति केजी ७० रुपैयाँमा किन्न बाध्य छन ।
सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करहरुले भारतबाट तस्करी गरी ल्याएको भारतीय चिनी महँगो दरमा खरीद गरी उपभोक्ताहरुले चाडपर्व मनाएका थिए ।

अघिल्लो आर्थिक वर्षमा सो नाकाबाट ६६ करोड ११ लाख रुपैयाँ भन्सार महसुल बुझाएर ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको ५ करोड ६१ लाख किलोग्राम चिनी आयात भएको थियो । (रासस)