• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु



भक्तपुर, ६ मंसिर: सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।

ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमि संचारशाखाले जानकारी दिएको छ ।

तीब्रगतिमा आएको टिपरले बालकोट हँुदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको प्रतक्ष्यदर्शी राजाराम खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरी किच्यो ।”

प्रहरीले टिपर र टिपर चालकलार्इृ भगाएको प्रतक्ष्यदर्शीले आरोप लगाएका छन् । प्रहरीले टिपर चालकलाई पक्राऊ गरेपछि भगाएको स्थानीयको भनाइ छ ।

स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको स्थानीय अमर श्रेष्ठले बताउनुभयो ।

घटनाका कारण कौशल्टार हुँदै बालकोट, सिरुटार, बिरुवा, ललितपुरको चाँगाथली, टीकाथली, लुभु, लामाटार जानेहरु बाटोमै अलपत्र बनेका थिए भने बसमा आएका यात्रु रातको समयमा अलपत्र परेका थिए ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताउनुभयो ।

टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । घट्नास्थलमा राती सवा १० बजेसम्म आक्रोसित स्थानीयले टिपर र प्रहरी विरुद्ध नाराबाजी गर्दै टिपर बन्द गर्न माग गरेका छन् । (रासस)