२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा चिसो बढ्यो, पहाडमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ, ६ मङ्सिर – देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ ।

रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७.२ र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई डिग्री सेल्सियस रहेको छ ।

रातमा आकाश खुला हुने तथा दिउँसोपख मौसम सामान्य बदली हुने क्रम एक÷दुई दिनदेखि जारी रहेकाले काठमाडौँ उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौँमा बिहान र बेलुका बढी चिसो भएको छ । जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने महाशाखाको भनाइ छ ।