• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित



मुसिकोट, ६ मङ्सिर (रासस) – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न थालेपछि किसानलाई चिन्ता थपिएको हो । 

सुन्तला उत्पादनको हिसाबले यस क्षेत्रको रुघा र खारालाई जिल्लामै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । तर यो वर्षदेखि यहाँका धेरैजसो किसानको सुन्तलाका बोट सुक्दै गएको सुन्तला किसान जयबहादुर सुनारको भनाइ छ । उहाँका अनुसार यो वर्षको बर्खा सकिएसँगै सुन्तलाका बोट सुक्न थालेको र पातसमेत पहेलै भएर झर्न शुरु गरेको बताइएको छ ।

सुनारले गाउँमा सुन्तलाको उत्पादन राम्रो देखिएकाले दुई वर्षअघि २५० वटा सुन्तलाको बेर्ना खेत र पाखो बारीमा लगाएको जानकारी दिनुभयो । तर यो वर्ष आफूले लगाएको सबै सुन्तलाको बोट सुक्न थालेकाले आजभोलि निद्रा नै लाग्न छाडेको सुनार बताउनुहुन्छ । “सुन्तलाको खेती शुरु गरेसँगै राम्रो आम्दानी हुने अनुमान गरेको थिएँ, तर अब त्यो सम्भावना रहेन,” उहाँले भन्नुभयो । हामीलाई जस्तो चिन्ता त अरू कसलाई होला ? सुनारको दुखेसो छ ।

त्यस्तै वडा नं ५ का खिमबहादुर ओलीलाई पनि सुन्तलाको बोट सुक्दै गएकाले ठूलो चिन्ता थपिएको छ । उहाँले पाँच वर्षअघि खेत र पाखो बारीमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाउनुभएको थियो । रु ५० का दरले खरीद गरेर अन्नबाली उत्पादन हुने ठाउँमा लगाइएका सबै सुन्तलाका बोट हाल सुक्न थालेपछि ओलीलाई पनि सुन्तला खेतीले निराश बनाएको छ । “यस वर्षबाट खेतबारीमा लगाइएका धेरैजसो सुन्तला फल्न शुरु गरेका थिए, तर एकाएक बोट नै सुक्न थाले,” उहाँले भन्नुभयो ।

सुन्तला खेतीबाटै घरपरिवारको खर्च टार्ने गरी अन्नबालीको खेती छाडेका यस क्षेत्रका केही किसानलाई यस वर्षदेखि सुन्तला खेतीले थप चिन्ता थपिदिएको छ । सुन्तला उत्पादनका लागि यहाँको उपयुक्त हावापानी र पर्याप्त माटो हुँदासमेत सुन्तलाका बोट सुकेर गएकाप्रति किसान आश्चर्यमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तला जिल्लाको विभिन्न बजार र सदरमुकाम मुसिकोटमा समेत पुग्ने गर्दछ ।