३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

नेकपा सचिवालय बैठक, कार्यदलको प्रतिवेदन पेश

नेकपा सचिवालय बैठक, कार्यदलको प्रतिवेदन पेश
अ+ अ-

काठमाडौँ, ६ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि आज प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिनुभयो ।

प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने उहाँले बताउनुभयो । कार्यदलले पेश गरेको प्रतिवेदनलाई छलफल गरी अन्तिम निष्कर्ष दिइनेछ ।

आजको बैठकको सरकारको काम कारवाहीका विषयमा समेत समीक्षा गर्ने कार्यसूचीमा रहेको थियो । तर उक्त विषय आजको बैठक प्रवेश नै नगरेको बताइन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एवं नेताहरुको व्यस्ततालगायतका कारणले सचिवालयको बैठकसमेत पर सर्दै आएको थियो ।

सचिवालयको बैठकपछि पार्टी स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।