४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सिआइबीलाई अन्तर्राष्ट्रिय पुरस्कार

सिआइबीलाई अन्तर्राष्ट्रिय पुरस्कार
अ+ अ-

काठमाडौँ, ६ मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान गरिएको हो ।

पुरस्कार मङ्सिर ५ गते युनाइटेड नेशन कन्फरेन्स सेन्टर इन बैङ्ककमा ब्युरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण एकाइका प्रहरी नायब उपरीक्षक अनुपम शमशेर जवराले ग्रहण गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एशियामा अन्तरदेशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, सङ्घसंस्था, व्यक्ति र समूहलाई सार्वजनिकरुपमा पुरस्कृत गरिने उद्देश्यले तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कार नेपाल, भारत, चीन, मलेसिया, भियतनाम थाइल्याण्ड कोरियालगायतका देशले विभिन्न विधामा ग्रहण गरेका हुन् ।

साइटिसले प्रतिबन्धित संरक्षित तथा लोपोन्मुख वन्यजन्तु जीवित चिम्पाञ्जी तथा बाँदर २०७४ मा नाइजेरियाबाट नेपालमा अवैधरुपमा पैठारी गरी ओसारपसार तथा खरिद बिक्रीमा सङ्गठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएकाले नेपालमा पहिलोपटक वन्यजन्तु अवराधमा सिआइबीले सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

विचौलिया पक्राउ

महानगरीय प्रहरीवृत्त कालिमाटीले वैदेशिक रोजगार विभागका विचौलियालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गरिदिन्छु भनी हैरानी दिने कालिमाटीका सुरेन्द्र पाँचकोटी, धादिङका सुजन लामा र सर्लाहीका निर्मल तामाङलाई आज पक्राउ गरेको छ ।

उनीहरुले पैसा लिएर सेवाग्राहीलाई दुःख दिने गरेका थिए । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।