• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

सिआइबीलाई अन्तर्राष्ट्रिय पुरस्कार



काठमाडौँ, ६ मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

युनाइटेड नेशन इन्भाइरमेन्ट प्रोगामअन्तर्गत द युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम युनाइटेड नेशन अफिस अन ड्रग एण्ड क्राइम, युएसआइडी, फ्रिल्याण्ड फाउण्डेशन, गर्भमेन्ट अफ स्वीडेन र नर्वेको सहयोग तथा साझेदारीमा निर्मित पुरस्कार केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रदान गरिएको हो ।

पुरस्कार मङ्सिर ५ गते युनाइटेड नेशन कन्फरेन्स सेन्टर इन बैङ्ककमा ब्युरोका वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रण एकाइका प्रहरी नायब उपरीक्षक अनुपम शमशेर जवराले ग्रहण गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एशियामा अन्तरदेशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, सङ्घसंस्था, व्यक्ति र समूहलाई सार्वजनिकरुपमा पुरस्कृत गरिने उद्देश्यले तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कार नेपाल, भारत, चीन, मलेसिया, भियतनाम थाइल्याण्ड कोरियालगायतका देशले विभिन्न विधामा ग्रहण गरेका हुन् ।

साइटिसले प्रतिबन्धित संरक्षित तथा लोपोन्मुख वन्यजन्तु जीवित चिम्पाञ्जी तथा बाँदर २०७४ मा नाइजेरियाबाट नेपालमा अवैधरुपमा पैठारी गरी ओसारपसार तथा खरिद बिक्रीमा सङ्गठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएकाले नेपालमा पहिलोपटक वन्यजन्तु अवराधमा सिआइबीले सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

विचौलिया पक्राउ

महानगरीय प्रहरीवृत्त कालिमाटीले वैदेशिक रोजगार विभागका विचौलियालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गरिदिन्छु भनी हैरानी दिने कालिमाटीका सुरेन्द्र पाँचकोटी, धादिङका सुजन लामा र सर्लाहीका निर्मल तामाङलाई आज पक्राउ गरेको छ ।

उनीहरुले पैसा लिएर सेवाग्राहीलाई दुःख दिने गरेका थिए । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।