काठमाडाैं, ७ मंसिर । संघीय संसदकाे संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि नेपाल सरकारले प्रस्ताव गरेका राजदूतहरूकाे सुनुवाइका लागि सूचना वा उजूरी दिन अाह्वान गरेकाे छ ।
सरकारले पछिल्लाे समय भारतका लागि नीलाम्बर अाचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि डा अन्जान शाक्यलाइ राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे थियाे ।
सरकारकाे उक्त सिफारिसमा खासगरी अन्जान शाक्यलाइ राजदूत बनाउने निर्णयका विरूद्धमा सामाजिक संजालमा चाैतर्फी अालाेचना भएकाे थियाे । उहाँमाथि प्रधानमन्त्री केपी अाेलीसँग नाता सम्बन्ध रहेकाे चर्चा व्यापक बनेकाे थियाे ।