१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा



अ+ अ-

काठमाडौँ, ७ मङ्सिरः जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ ।

यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।

सन् १९९३ देखि जाइकामा प्रवेश गर्नुभएका आसाकुमाले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटानस्थित जाइकाको कार्यलयमा सन् २०१२ डिसेम्बरदेखि सन् २०१६ मार्चसम्म प्रमुखको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी हुँदै आसाकुमाले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको विज्ञप्ति उल्लेख छ ।