४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध – मुख्यमन्त्री गुरुङ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध – मुख्यमन्त्री गुरुङ
अ+ अ-

 

कास्की, ६ मङ्सिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीले आज यहाँ आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उहाँले कानून, आफ्नो सीमा र हैसियतअनुसार प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आमसञ्चार नीति बनाउन लागेको जानकारी दिदैं “प्रदेश सरकारले आमसञ्चार नीतिको मस्यौदा तयार गरिसकेको छ, यसबारेमा मन्त्रिपरिषद्मा समेत छलफल भएको छ”, भन्नुभयो ।

सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षा, संरक्षण तथा श्रमजीवीका विषय सञ्चारनीतिमा समावेश भएकाले सबै विषय यसले सम्बोधन गर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रदेश तथा स्थानीय सरकारले सञ्चार नीति बनाउँदा सरोकार भएकालाई सहभागी गराउन आग्रह गर्नुभयो ।

महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका विज्ञापन स्थानीय सञ्चारमाध्ममै प्रकाशन प्रसारण हुने व्यवस्था गर्न माग गर्नुभयो ।

महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारका असल काममा पत्रकारिता क्षेत्रले सदैव सहयोग गर्ने र गलत कार्यमा आलोचना गर्ने बताउनुभयो ।

छलफलमा सहभागी सञ्चारकर्मीले प्रदेश सरकारले बनाउने नयाँ सञ्चारनीतिमा स्थानीय सञ्चारमाध्यमको सवलीकरण, समानुपातिक विज्ञापन नीति, न्यूनतम पारिश्रमिक लागू हुनुपर्नेलगायत विषयमा जोड दिएका थिए । (रासस)