२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा बस दुर्घटना – मृतकको संख्या १८ पुग्यो



अ+ अ-

डडेल्धुराको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते भएका छन्।

उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५:४० बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा १३ पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए।

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको से १ क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले सेतोपाटीलाई जानकारी दिए।

हाल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई धनगढी रेफर गरिएको छ। दुई जना उपचार पछि घर फर्किएका छन्।

गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सहयोग रहेको थियो।




भर्खरै