१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमा डढेलाे, कराेडाैंकाे क्षति



अ+ अ-

बझाङ, ७ मंसिर । जिल्लाको बुगल नगरपालिका वडा नं २ मजीवन गाउँ अन्तरगत पर्ने एकछाले सामुदायिक वनमा आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षति भएको छ ।

बिहीबार साँझ ४ बजेतिर आगलागी हुँदा सामुदायिक वनमा रहेका विभिन्न प्रकारका महत्वपूर्ण जडिबुटी यार्चा, कटुकी, चिराइतो, वन लसुन लगायत लौठ सल्ला, धुपीसल्ला, लालीगुराँस, भोजपत्रका बिरुवाहरु जलेर नष्ट भएको बगल नगरपालिका वडा २ का स्थानियवासी अर्जुनबहादुर धामीले बताउनुभयो ।

बिहीबर साँझ चार बजेतिर लागेको आगो स्थानीयवासीको पहलमा शुक्रबार ६ बजेपछि मात्र नियन्त्रणमा लिइएको थियाे। स्थानियवासीका अनुसार आगो नियन्त्रण गर्ने क्रममा सामुदायिक वनमा भेटिएका छबिस पाथिभेरे गाँउपालिका वडा ६ वुडखोरीका घर भएका बिनोदबहादुर धामीले आगो लगाएकाे हुन सक्ने अनुमान गरिएको छ ।