१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा विप्लवकाे शक्ति प्रदर्शन



अ+ अ-

काठमाडाैं, ८ मंसिर । तत्कालीन नेकपा (माअाेवादी केन्द्र) बाट अलग भएकाे नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेवादीले शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् ।

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।