३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

महाभारतको रोचक प्रसंगः कर्णको विजय धनुष

महाभारतको रोचक प्रसंगः कर्णको विजय धनुष
अ+ अ-

प्रसंग महाभारतकै ।  महाभारत युद्धमा  गेम चेन्जरका रूपमा देखा परेका दुई योद्धा हुन् अर्जुन र कर्ण । एक्लैले हाहाकार मच्चाउन समर्थ यी योद्धाहरुमध्ये कर्णलाई अर्थरथी भनेर होच्याइएको पाइन्छ भने अर्जुनलाई दुई महारथी बराबरको सामथ्र्य भएको भनेर प्रशंसा गरिएको पाइन्छ । यीमध्ये एक प्रशंसित छन् भने अर्का अभिशप्त ।

जन्मँदै आमाबाट परित्यक्त कर्णले जीवनभरि नै आफ्नो अस्तित्वरक्षाका लागि अपमानको विष पिउनुपरेको थियो भने अर्जुनले आभिजात्यको मुखुण्डो लगाएर शिर ठाडो पार्न सकेका भए पनि जीवन भने संघर्षपूर्ण नै रह्यो । रमाइलो कुरा के भने दुवै योद्धाका आमा एकै थिइन् कुन्ती । जन्म दिने बाबुको कुरा गर्दा कर्ण सूर्यपुत्र थिए भने अर्जुन इन्द्रपुत्र ।

शिक्षादीक्षा, तपस्या आदिका दृष्टिले पनि दुवै योद्धा एकसमान नै थिए । कर्णका गुरु परशुराम थिए भने अर्जुनका गुरु परशुरामका शिष्य द्रोणाचार्य थिए । कर्णले गुरु परशुरामबाट अन्त समयमा अर्थात् जुन बेला आफूले सिकाएको विद्या सबैभन्दा बढी आवश्यक पर्छ त्यतिबेला सबै बिर्सने श्राप दिएका थिए । तर पछि फेरि दया गरेर पाँचवटा अमोघ वाण तथा दिव्य अलौकिक धनुष विजय दिएका थिए ।

उता द्रोणाचार्यले अर्जुनलाई विश्वकै उत्कृष्ट धनुर्धर बनाउने वचन दिनुका साथै आफूसँग भएका सबै शस्त्रास्त्र विद्या प्रदान गरेका थिए । अर्जुनले स्वर्गमा गएर सबै दिव्यास्त्र प्राप्त गर्नुका साथै भगवान् शंकरलाई खुसी पारेर पाशुपतास्त्र नामक महाअस्त्रसमेत प्राप्त गरेका थिए ।

कर्णसँग पनि वैष्णवास्त्र थियो । सबैभन्दा विशेष कुरा कर्णसँग जन्मजात् कवच कुण्डल थियो जुन छउन्जेल कसैले पनि कुनै शस्त्रास्त्रको प्रयोग गरेर उनलाई मार्न सक्दैनथ्यो ।

कर्ण र अर्जुन आमनेसामने युद्ध लडÞका थिए । कर्णसँग परशुरामद्वारा दिइएको विजय धनुष थियो भने अर्जुनसँग अग्निदेवद्वारा दिइएको गाण्डीव धनु थियो । दुवैको ठोक्रोमा अलौकिक दिव्यास्त्रको कमी थिएन । भनाइ के छ भने कर्णको धनुष अर्जुनको धनुषभन्दा धेरै हिसाबले उत्कृष्ट थियो । के थियो त धनुषको रहस्य ?

गाण्डीव धनुष

गाण्डीव धनुषका विषयमा तथा यो अर्जुनसँग कसरी आइपुग्यो भन्ने विषयमा दुई प्रकारको कथा पाइन्छ । एकथरिको भनाइमा यो धनुष दधीचि ऋषिको हड्डीबाट निर्माण गरिएको थियो । अर्को भनाइअनुसार  यो कण्व ऋषिले तपस्या गर्दा उनको शरीरमा धमिराले गोलो बनाएको थियो । पछि उक्त गोलोमा सुन्दर एवं कठोर बाँस उमि्रयो ।

जब कण्व ऋषिको तपस्या पूर्ण भयो । ब्रहृमाजीको परामर्शमा विश्वकर्माले उक्त बाँसबाट तीनवटा सुन्दर धनुष बनाए, पिनाक, शार्ङ्ग र गाण्डीव । पिनाक महादेवले राखे, शार्ङ्ग विष्णुले लिए भने गाण्डीव धनुष वरुणदेवलाई दिइयो । पछि गाण्डीव धनुष वरुणले अग्निदेवलाई दिए । अग्निदेवले अर्जुनलाई दिए ।  युद्धको घिउ खाएर अजीर्ण भएका अग्नि त्यसलाई पचाउनका लागि खाण्डव वन जलाउन चाहन्थे तर इन्द्रले रक्षा गरिएको वन भएकाले जलाउने आँट गरिरहेका थिएनन् । अग्नि कृष्णार्जुनसँग सहयोग माग्न गए । चतुर कृष्णले अग्निसँग गाण्डीव धनु र अक्षय ठोक्रो मागेर अर्जुनलाई दिलाए । यी दुई चामत्कारिक हतियारको सहायताबाट अर्जुनले खाण्डव वन जलाउन अग्निलाई सघाए ।

अर्जुनको धनुष गाण्डीवको टंकारले पूरा युद्ध क्षेत्र गुन्जायमान हुन्थ्यो । धनुषको ठोक्रो अक्षय भएकाले बाण कहिल्यै समाप्त हुँदैनथ्यो । कुनै कुनै बाण लक्ष्य भेद गरिसकेपछि पुनः फर्केर आउँथे । यो धनुष देव, दानव तथा गंधर्वबाट वर्षैंासम्म पूजित रहेको थियो । यो धनु कुनै पनि प्रकारको शस्त्रबाट नष्ट हुँदैनथ्यो । यो धनु धारण गरेर अन्य लाखौं धनुर्धारीको सामना गर्न सकिन्थ्यो । जसले यो धनु धारण गथ्यो उसमा असाधारण शक्तिको संचार हुन्थ्यो । यो धनुषबाट पाशुपतास्त्र, नारायणास्त्र एवं ब्रहृमास्त्रजस्ता घातक अस्त्र प्रहार गर्न  सकिन्थ्यो । यो धनु धारण गर्ने हुनाले अर्जुनलाई गाण्डीवधारी भनिन्थ्यो ।

विजय धनुष

विजय धनुष धारण गर्ने भएकाले कर्णलाई विजयधारी भनिन्थ्यो । महाभारत युद्धको सत्रौं दिन कर्णले यो धनु धारण गरेका थिए । कर्णको यो धनुष अर्जुनको धनुषभन्दा यसकारण पनि श्रेष्ठ थियो कि जब कर्ण तीर चलाउँथे, उनको तीरले अर्जुनको रथलाई केही फिट टाढा धकेल्थ्यो ।  त्यतिबेला श्रीकृष्ण क्याबात् कर्ण भनेर तारीफ गर्थे । तर जब अर्जुन तीर चलाउँथे त्यतिबेला कर्णको रथ थुप्रै मिटर पछाडि धकेलिन्थ्यो तर कृष्णले प्रशंसा गर्दैनथे ।

अर्जुनले श्रीकृष्णसँग यसको कारण सोधे ।  यसको जवाफमा श्रीकृष्ण भन्छन्, तिम्रो रथमा स्वयं हनुमानजी एवं म पनि बसेको छु । तर पनि कर्णको वाणमा यति क्षमता छ कि हाम्रो असाधारण रथ पछि धकेलिन्छ । यदि हनुमान नहुने हो भने सोच हाम्रो रथको गति के होला । कृष्णको यस्तो कुरा सुनेर अर्जुन कुरा बुझ्छन् । कृष्ण भन्छन्, जबसम्म कर्णको हातमा उनको विजय धनुष रहन्छ तबसम्म तीनै लोकका सबै योद्धाले मिलेर एकसाथ आक्रमण गरे पनि कर्णलाई हराउन सकिँदैन ।

कर्णको विजय धनुषमा यस्ता थुप्रै खुबी थिए जुन अर्जुनको गाण्डीव धनुषमा थिएन ।  विजय धनुषलाई कुनै पनि प्रकारको अस्त्र या शस्त्रले नोक्सान पुर्‍याउन सकिँदैनथ्यो । यो धनुबाट वाण छुट्दा भयानक ध्वनि उत्पन्न हुन्थ्यो । भनाइ के छ भने कर्णको विजय धनुष मन्त्र शक्तिले यसरी अभिमन्त्रित गरिएको थियो कि उक्त धनु जुन योद्धाको हातमा हुन्थ्यो त्यस योद्धाको चारैतिर एउटा अभेद्य घेरा निर्माण हुन्थ्यो र उक्त घेरालाई  भगवान शिवको पाशुपतास्त्रले पनि भेदन गर्न सक्दैनथ्यो ।

मन्त्रले अभिमन्त्रित भएका कारण विजय धनुषमा सामान्य बाण राखेर चलाउँदा पनि त्यो बाण वास्तविक तागतभन्दा कैयौं गुणा शक्तिशाली बन्दथ्यो । अन्य धनु यहाँसम्म कि गाण्डीवको समेत ताँदो काट्न सकिन्थ्यो तर विजय धनुषको ताँदो कुनै पनि शस्त्रास्त्रको प्रयोग गरेर काट्न सकिँदैनथ्यो ।

एक भनाइअनुसार विजय धनुषको निर्माण विश्वकर्माले तारकासुर राक्षसका तीन नगर अर्थात् त्रिपुर विनाश गर्नका लागि गरेका थिए । यसै धनुषको सहायताबाट भगवान शिवले त्रिपुर एवं त्रिपुरासुरलाई एकसाथ विनाश गरिदिएका थिए । त्रिपुरासुरको पतनपछि भगवान शिवले विजय धनुष देवराज इन्ऽलाई दिएका थिए । देवराज इन्ऽले यो अद्भुत शक्तिशाली धनुषको सहायताले थुप्रै पटकको युद्धमा असुर एवं राक्षसहरुको विनाश गरेका थिए ।

पछि परशुरामले हैहयवंशी क्षत्रियहरुको विनाश गर्नका लागि आफ्ना गुरु भगवान शंकरको तपस्या गरी दिव्य धनुष मागे । त्यतिखेर भगवान शंकरले यही धनुष इन्द्रबाट लिएर परशुरामलाई दिए । जब कर्णले झुटो बोलेर परशुरामसँग धनुर्विद्या एवं ब्रहृमास्त्रको शिक्षा लिए । झुटो बोलेको थाहा पाएपछि परशुरामले  कर्णलाई अत्यावश्यक समयमा विद्या भुल्ने श्राप दिए । फेरि पछि दया पलायो र उनले  कर्णलाई विजय धनुषका साथ यशस्वी हुने आशीर्वाद प्रदान गरे ।

कर्णको हातमा विजय धनुष छउन्जेल उनलाई कसैले मार्न सक्दैनथ्यो । आफू सेनापति भएपछि अर्जुनलाई मार्न भनेर कर्णले विजय धनुष हातमा लिए । कर्ण र अर्जुनका बीच भयानक युद्ध भयो तर दुवै शक्तिशाली भएका हुँदा कुनै परिणाम निस्कन सकिरहेको थिएन । कर्णलाई प्रहार गर्ने अर्जुनको सारा प्रयत्न विफल भइरहेको थियो । यस्तो अवस्थामा चतुर सारथि कृष्णले केही गिलो भूमितर्फ रथ मोडे । कर्णको सारथि शल्यले पनि त्यसै गरे । त्यतिबेलै कर्णको रथ जमिनमा भासियो । सारथि शल्यले निकै प्रयास गरे तर रथलाई निकाल्न सकेनन् ।

कर्ण फसेको रथ निकाल्न भनेर विजय धनुष रथमै राखेर रथको पांग्रा उचाल्न थाले । यही समयमा कृष्णको प्रेरणा पाएर अर्जुनले निहत्था कर्णमाथि वाण चलाए । कर्णको अन्त्य भयो । यो समयमा यसरी प्रहार नगरेको भए कर्णलाई मार्न अनि अर्जुनलाई बचाउन सकिँदैनथ्यो भन्ने कुरा कृष्णलाई राम्रोसँग थाहा थियो । यसकारण युद्धनीतिका विरुद्धमा गएर भए पनि कृष्णले यस्तो कठोर निर्णय लिए र विजयधारी कर्णलाई समाप्त पारिदिए । त्यतिखेर अर्जुनले वाण प्रहार गर्नलाग्दा कर्णले अर्जुनलाई युद्धको नियम सम्झाउन खोजेका त थिए तर कृष्णले निहत्था अभिमन्युलाई कौरवहरुले त्यसरी नै युद्धनीतिविरुद्ध मार्ने समयमा कर्णको संलग्नता रहेको कुरा बताउँदै यसमा कुनै दोष नलाग्ने कुरा अर्जुनलाई सम्झाए । यसरी धनुष जुन शक्तिशाली भए पनि कृष्णको सहायताप्राप्त अर्जुन नै युद्धमा  विजयी भए । (अनलाइनखबरबाट साभार)