४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

राजधानीमा ज्याकेटको चर्चा !

राजधानीमा ज्याकेटको चर्चा !
अ+ अ-

न्युजपोलार समाचारदाता

काठमाडौंं, ११ मंसिर । मंगलबार बिहानैदेखि राजधानीमा ज्याकेटको चर्चा शुरु भएको छ । तर त्यस्तो ज्याकेटको चर्चा जाडोका कारणले भएको भने होइन । मंगलबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टको तस्वीरसहित ‘ज्याकेट विज्ञापन’ छापिएका कारणले सो चर्चा भएको हो । बिहान अकस्मात अखबारहरु हेर्दा यस्तो अवस्था देखियो । नयाँ युगको शुरुआत भइसकेको सन्देश सो विज्ञापनमा छ । कतिले त बुझ्दै बुझेनन् भने केहीले आज देखि शुरु हुने सबैको लागि योगदानमा आधारित पेन्सनको विषयलाई प्रचारमा ल्याइएको भनी बुझेका थिए । हुन पनि त्यही हो । अनलाइनहरुमा पनि ‘रोड ब्लक’ प्रकाशित भए । काठमाडौंका गल्लीमा समेत प्रधानमन्त्रीको तस्वीरसहित पोलहरुमा टाँगिएका तुलमा लेखिएको देखियो– नयाँ युगको सुरुवात । त्यसैको विज्ञापन अखबारमा ज्याकेट स्वरुपमा छापिएको हो ।
तर नागरिकले भने योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम गरिब, मजदुरहरुका लागि भएको भए पनि लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार गरेको भनी आलोचना पनि गरेका छन् । कतिले यसरी प्रधानमन्त्रीको नभएर तिनै मजदुरहरुको फोटो छापेको भए पनि हुने थियो नि भनेर पनि चर्चा थालेका थिए । मंगलबार (आज) काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ युग’ को औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको पनि सरकारले बताएको छ । यसलाई धेरैले भने राष्ट्रिय उपलब्धिका रुपमा लिएका छन् । उद्योगी व्यवसायी तथा अरु निजी क्षेत्रका उद्यमीहरुले नेपालमा यस्तो सामाजिक सुरक्षाको प्रबन्धका लागि योगदान गर्न तयार रहेको बताएका छन् । उनीहरु उत्साहित भएकोले यो कार्यक्रम सफल हुने अनुमान गरिएको छ ।
के सरकारले दाबी गरेजस्तै आजैदेखि नेपालमा ‘नयाँ युगको सुरुवात’ भएको हो त ? श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भनेका छन्– हो, नेपालमा नयाँ युगको शुरुआत भएकै हो । नेपालमा यो पहिलो पटक र निकै ठूलो उपलब्धिको कुरा भएकोले गरिएको प्रचारलाई अन्यथा लिन नहुने बताए । साथै उनले त्यो विज्ञापनका लागि पूरै खर्च सरकारको मात्र नभएर निजी क्षेत्रको हो भनेका छन् । उनले भने– यसमा सरकारको छैन नै भन्न त मिल्दैन तर नगण्य मात्र सरकारको छ ।

 

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत – प्रम ओली

काठमाडौँ, ११ मङ्सिर (रासस) – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ । सन्देशमा उहाँले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गर्नुभएको छ । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नुहुनेछ । यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भन्नुभएको छ । उहाँले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गर्नुभएको छ ।