१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकी र हुन सेन नेपाल अाउने



अ+ अ-

काठमाडौं, १२ मंसिर । म्यान्मारकी स्टेट काउन्सिलर तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालकाे अाैपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल अाउनु हुनेभएकाे छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेता प्रधानमन्त्री केपी शर्मा अाेलीकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपाल अाउन लाग्नु भएकाे हाे । उहाँहरूकाे भ्रमण दुइ दिनकाे हाे ।

कम्बाेडियाका प्रधानमन्त्रीले नेपालकाे भ्रमण गरेकाे याे नै पहिलाे अवसर हुनेछ ।

दुई दिने सद्भावना भ्रमणका लागि आउन लाग्नुभएका उहाँहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपछि सुकी र सेन शुक्रबार नै आआफ्ना देश फर्कनु हुनेछ ।

यद्यपी दुवै नेताकाे भ्रमणकाे विस्तृत विवरण दिइएकाे छैन ।