२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेख जीप दुर्घटना: पाँचको मृत्यु (अपडेट)



अ+ अ-

दुल्लु, १२ मङ्सिर:  दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् ।

आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा ठाटीकाँध – १ का ३० वर्षीया निर्मल बम, वडा नं २ का सवारी चालक रमेश शाही तथा वडा नं ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत हुन् ।

अन्य दुईको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटामा मृत्यु भएको ठाटीकाँध प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बीच बाटाम मृत्यु हुनेमा ठाटीकाँध – ३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम छन् । गम्भीर घाइते ३० वर्षीया युद्ध सूची, ठाटीकाँध– ४ का दिलीप शाही र २८ वर्षीय मनीष रासकोटीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

जीप करीब ३०० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसके पनि उकालो सडकमा जीप अगाडि वढ्न नसकेर पछाडितर्फ गुडेका कारण दुर्घटना हो ।(रासस)