२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेख जीप दुर्घटना: पाँचको मृत्यु (अपडेट)



अ+ अ-

दुल्लु, १२ मङ्सिर:  दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् ।

आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा ठाटीकाँध – १ का ३० वर्षीया निर्मल बम, वडा नं २ का सवारी चालक रमेश शाही तथा वडा नं ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही छन् । मृतक राजेन्द्र नेपाली काङ्ग्रेसका वडा सभापतिसमेत हुन् ।

अन्य दुईको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटामा मृत्यु भएको ठाटीकाँध प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बीच बाटाम मृत्यु हुनेमा ठाटीकाँध – ३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम छन् । गम्भीर घाइते ३० वर्षीया युद्ध सूची, ठाटीकाँध– ४ का दिलीप शाही र २८ वर्षीय मनीष रासकोटीलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

जीप करीब ३०० मिटर तल खसेको प्रहरी सहायक निरीक्षक शाहले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनाको मुख्य कारण खुल्न नसके पनि उकालो सडकमा जीप अगाडि वढ्न नसकेर पछाडितर्फ गुडेका कारण दुर्घटना हो ।(रासस)