३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

पहिचानको खोजीमा इरानी केशर

पहिचानको खोजीमा इरानी केशर
अ+ अ-

इरिक रान्डोल्फ

टोर्बात–ए हेदारिया, इरान, १२ मङ्सिर (एएफपी)ः निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको “केशर” फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ ।

बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी फूलको बीच भागबाट निस्कने परागकेशर वा पुँकेशर नै बहुमूल्य केशर हो ।

यी अति साना परागकेशर स्थानीय बजारमा प्रतिकेजी ९ करोड इरानी रियाल अर्थात् प्रतिकेजी करिब ७०० अमेरिकी डलरमा बिक्री हुने गर्दछ । विदेशमा सम्भवतः यो चारगुणा बढी दरमा बिक्री हुन्छ ।

सरकारको भनाईमा विश्वको कूल केशर उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्तरपूर्वी इरानको खोरासान प्रान्तको कडा माटोमा उत्पादन हुने गर्दछ । इरानको यो दाबीलाई फ्रान्सको कृषि तथा मत्स्यपालनसम्बन्धी अनुसन्धान इन्स्टिच्यूट फ्रान्सएग्रीमरले स्वीकार गरिसकेको छ । यो केशर स्पेनी, भारतीय, स्वीडिस र अरु देशका खानामा प्रयोग हुने गर्दछ ।

फ्रान्सएग्रीमरको सन् २०१३ को प्रतिवेदनअनुसार केशर उत्पादनमा भारत दोस्रो स्थानमा छ भने त्यसपछि ग्रीस, अजरबैजान, अफगानिस्तान र स्पेन आउँछन् ।

इरानमा सबैभन्दा बढी केशरको उत्पादन राजधानी तेहरानबाट करिब ७०० किलोमिटर पूर्वमा रहेको टोर्बात–ए हेदारियामा हुने गर्दछ । फ्रान्सएग्रीमरका अनुसार विश्वको कूल केशर उत्पादनमा यो ठाउँ तेस्रो स्थानमा छ ।

तर केशरका लागि प्रख्यात भएर पनि कमजोर मार्केटिङका कारण इरानले चाहेजति लाभ लिन सकेको छैन । यहाँको केशर अरु मुलुकमा थोकमूल्यमा बृद्धि गरिन्छ, र अरु देशले त्यसलाई आफ्नो भन्दै लेबल लगाएर महङ्गोमा बिक्री गरिरहेका छन् ।

“उत्पादन सबै यहाँ हुन्छ, तर मार्केटिङ र बिक्री अन्यत्रै हुन्छ,” स्थानीय संसदका सदस्य सइद बास्तानीले एएफपीलाई बताउनुभयो । “विश्वले बुझे हुन्छ स्पेनी, इटाली वा स्वीट्जरल्यान्डको भनेर कुनै पनि ब्रान्ड वा नाममा बेचिने सबै केशर इरानी नै हो ।”

स्थानीय व्यवसायी र कृषकसँग मिलेर यो समस्या सुल्झाउन सरकारले काम शुरु गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत अलि सारिआतीको नोभिन स्याफ्रोन कम्पनीले उच्च गुणस्तरको करिब १५ टन केशर विश्व बजारमा हरेक वर्ष पठाउँछ । यस कम्पनीले “इरानमा निर्मित” लोगो राखेर बजार बिस्तार गर्ने प्रयत्न गरिरहेको छ ।

तर बजारमा केशर लैजाँदा केही नयाँ उपाय पनि अपनाउनु पर्दछ । हरेक ठूला बजारको विशिष्ट माग हुने गर्दछ र त्यसका लागि विशेष प्याकेजिङ र ब्रान्डिङ गर्नु पर्दछ । स्पेनमा खानामा राख्न केशरको धुलो खोजिन्छ, बेलायतमा भारतीय खानाका लागि केशरको रेशा चाहिन्छ । स्वीडेनमा ससाना क्याप्सुल बनाइन्छ ।

“हामीसँग नवीन र स्थानीय आवश्यकतालाई बुझ्ने क्षमता हुनै पर्दछ ताकि अरु देशसँग प्रतिस्पर्धा गर्न सकियोस् ।” सरियाती भन्नुहुन्छ ।
यो उद्योगमा नवीनतालाई अरु कतिपय विषयले पनि आत्मसात गर्नैपर्ने स्थिति उत्पन्न गराएका छन् । यसमा, विगत दुई दशकदेखि इरानको यो क्षेत्रमा लगातार सुख्खा हुने गरेको छ । अरु खेतीबालीभन्दा केशरलाई ज्यादै कम पानी चाहिन्छ, तर लगातारको सुख्खाले धेरै मानिसलाई उत्तरी भागतर्फ बसाइँ सर्न बाध्य पारिरहेको छ ।

“खेतीबाली लगाउने मानिसहरु बिस्तारै उत्तरतर्फ जाँदैछन्, तर यी ठाउँहरु केही ओसिला छन् । ओसिलो ठाउँ केशरका लागि त्यति राम्रो मानिँदैन किनभने केशरको गुणस्तर सुख्खा क्षेत्रकै राम्रो हुन्छ,” केशर उत्पादक कृषक अमिन रेजाईले बताउनुभयो ।

अरु सबैजसो किसान झैं उहाँले पानीका लागि भूमिगत जलस्रोत प्रयोग गर्न थाल्नुभएको छ, तर अहिले उहाँले के मनन् गर्न थाल्नुभएको छ भने यो सुख्खामा बाँच्नु छ भने कुनै उन्नत सिचाईं प्रविधिमा लगानी नगरी हुँदैन । उहाँ भन्नुहुन्छ, “परम्परागत तरिकाको सिचाईंले मानिसलाई समस्यामा पार्दैछ । उनीहरुले आधुनिक सिचाईंका विधिमा लगानी गर्नुको अब विकल्प छैन ।”

उहाँको कारखानामा भेटिनुभएका सारियातीले राम्रो शिक्षा र गाउँबासीलाई मद्दत गर्न सकिए यी समस्यालाई सहजै समाधान गर्न सकिने बताउनुभयो । उहाँले सिचाईंमा नवीन प्रविधि प्रयोग गरिए हरेक वर्ष ४०० देखि एक हजार टनसम्म थप उत्पादन गर्न सकिने बताउनुभयो ।
उहाँको विचारमा कृषकका लागि सबैभन्दा ठूलो समस्या नै लगानीका लागि बैंकको सुविधा हो । बैंकहरुले साना व्यवसायीलाई लगानी गर्न त्यति रुचि नदेखाएको उहाँको धारणा छ ।

त्यही कारण उहाँको फर्मले किसानका तर्फबाट एकमुष्ट ऋण लिने गरेको छ । यस्तो ऋणबाट सस्तो दरमा कृषिका उपकरण थोकमा किन्दछ र किसानहरुलाई खेतीबाली बारे शिक्षा दिन्छ । “हामीले कम्तीमा २० हजार किसानलाई शिक्षित तुल्याउँदैछौं र हामीले केशर खरिद गर्नेगरी चार हजार किसानसँग सम्झौता गरेका छौं ।”

उहाँले भन्नुभयो, “हामी चाहन्छौं कृषकहरुले बढीभन्दा बढी अर्गानिक केशर उत्पादन गरुन् ।”

इरानको सङ्कटग्रस्त अर्थतन्त्रको अर्को समस्या भनेकै अमेरिकी प्रतिबन्धका कारण सिर्जित बजारभाउ हो । “बल्ब, मलखाद र श्रमिकको मूल्य यसैवर्ष तेब्बरले बढेको छ, तर केशरको मूल्य दोब्बर मात्र भएको छ,” मोहमद जफारीले बताउनुभयो । आधा शताब्दीदेखि नै उहाँको परिवारले स्थानीय बजारमा केशर बिक्री गरिआएको छ ।

विदेश निकासीका लागि यो राम्रै हो, तर इरानभित्र सबै वस्तुको मूल्य बढेकाले ठूलो समस्या उत्पन्न भइरहेको छ । तैपनि, केशरको व्यापारमा संलग्न सबैजसो उत्साहित छन् ।

केशरप्रति चिनीयाहरुको रुचि बढेका कारण पाँचवर्ष यतादेखि अन्तर्राष्ट्रिय बजारमा केशरको बिक्री ह्वात्तै बढेको छ । “अहिलेको सबैभन्दा ठूलो समस्या नै मानिसले केशरको महत्व अझै बुझ्न नसक्नु हो,” सारियाती भन्नुहुन्छ । “हामी चाहन्छौं मानिसले नून, मरिच र केसरलाई एकै रुपमा लिउन् ।”