४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

हुम्लाकाे पीडाः चामल चाहियाे ? बैंक स्टेटमेन्ट देखाउनुस्

हुम्लाकाे पीडाः चामल चाहियाे ? बैंक स्टेटमेन्ट देखाउनुस्
अ+ अ-

– दाने बोहरा

हुम्ला, १२ मङ्सिरः  हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ ।

चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ ।

ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लागाउने गर्छ ।

प्रमुख जिल्ला अधिकारीको तोक लागेको कागजात प्राप्त भएपछि सम्बन्धीत कर्मचारीले १५ किलोग्राम चामल नेपाल खाद्य संस्थानको नजिकको शाखाबाट प्राप्त गर्ने गर्छ । उक्त परिमाणको चामल प्राप्त गर्नका लागि यहाँका कर्मचारीले कहिले हाजिरी फाइल त कहिले तलव पाएको बैंकको स्टेटमेन्टका लागि भौतारिने गरेका छन् ।

गएको भदौ महीनादेखि चामल नपाएका कर्मचारीले मङ्सिर ११ गतेदेखि वितरण गरिएको १५ किलोग्राम चामल प्राप्त गर्नका लागि विभिन्न समस्या झेल्नुपरेको कर्मचारीको गुणासो छ ।

चामलको बिक्री वितरणमा अनियमितता

हुम्लाको दक्षिण भेगस्थित नेपाल खाद्य संस्थान श्रीनगर शाखाले लामो समयपछि खाद्यान्न बिक्री वितरण गर्न लागेको छ ।

बिहीबारदेखि सर्वसाधारणलाई चामल बिक्री वितरण गरिने भनिए पनि त्योभन्दा अगाडि नै शाखाले २६४ बोरा चामल बिक्री गरिएको पाइएको छ ।

अदानचुली गाउँपालिकाका छ वटै वडालाई मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्न लागेको श्रीनगर शाखा प्रमुख नवीनकुमार आचार्यले जानकारी दिनुभयो । शाखामा भदौदेखि चामल नपाएको उहाँले बताउनुभयो ।

श्रीनगर शाखामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्ने निर्णय गरेको शाखा प्रमुख आचार्यले बताउनुभयो । केही दिनअघिदेखि चामल आउन शुरु गरेको भएपनि विवाह व्रतबन्ध गर्ने भन्दै अदानचुली गाउँपालिकामा २६४ बोरा चामल अनियमित तरिकाले बिक्री वितरण गरिएको श्रीनगरका कालीबहादुर थापाले बताउनुभयो ।

चामल लिएकामध्ये अधिकांशले विवाह व्रतबन्ध नगरेको पाइएको पनि उहाँले बताउनुभयो । वडापालिकाको सिफारिशमा शाखाले अनियमित तरिकाबाट चामल वितरण गरेको स्थानीय राजनीतिक दलले जनाएको छ ।

चामल बिक्री वितरण गर्नुमा आफ्नो कुनै दोष नरहेको शाखा प्रमुख आचार्यको भनाइ छ । वडाध्यक्षको सिफारिशमा आफूले बिक्री वितरण गरेको उहाँले बताउनुभयो । आज दिउँसो बसेको सर्वदलीय बैठकमा चामल बिक्री वितरण गर्ने निर्णय नभएको हुँदा आवश्यकता हेरी सिफारिश दिएको वडाध्यक्ष कार्यालयले जनाएको छ ।

ठेकेदारको कमजोरीका कारण समयमा यहाँ चामल पुग्न नसकेको स्थानीयवासीको गुनासो छ । हुम्लामा चामल भित्रिएपछि यसको बिक्री वितरणमा राजनीतिसमेत हुने गरेकाले सर्वसाधारण सास्ती भोग्नुपरेको छ । हुम्लामा भित्रिएको चामलमा अनियमितता हुने गरेकाले यसको खोजीमा यहाँ बासिन्दा छिमेकी जिल्ला मुगु, बाजुरालगायतमा पुग्नुपर्ने बाध्यता छ । (रासस)