३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद डा पाठकको प्रश्न– के महालेखाको प्रतिवेदन गलत हो ?



अ+ अ-


काठमाडौं । यतिखेर देशमा वायु सेवा निगमले किनेको जहाजको बडो चर्चा छ । नेपाल वायुसेवा निगमले किनेको वाइडबडी विमानको प्रक्रियामा अनियमितता भएको भन्दै सत्तारुढ र विपक्षी दलका समेत सांदहरुले व्यापक मात्रामा प्रश्न उठाएका छन् । उनीहरुमध्ये अधिकांशले त कारबाहीको लागि सिफारिस गर्न समेत माग गरेका छन् ।
संसदको लेखा समितिको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेको र निगमका महाप्रवन्ध सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको भनेका थिए ।
त्यस लगत्तै समिति सदस्य सांसद डा.सूर्य पाठकले अर्काे प्रश्न तेस्र्याए । उनले प्रश्न गरे– त्यसो भए के महालेखा परीक्षकको प्रतिवेदन गलत छ त ? त्यसपछि भने कंसाकार अक्क न बक्क परेका थिए । सांसद डा.पाठकले पुनः जोड गरे यस विषयमा ठोस जवाफ दिनुपर्यो । त्यसपछि महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका थिए ।
नेकपाकै अर्का सांसद अमनलाल मोदीले भ्रष्टाचार भएकै छैन भन्न नसकिने भन्दै यसमा संलग्न अधिकारीहरुलाई कारबाही हुनुपर्ने बताए । बैठकमा सहभागी अन्य सांसदहरुले पनि कंसारकामाथि प्रक्रियाको विषयमा प्रश्न गरेका थिए ।
तर निगमका महाप्रवन्धक कंसाकारले भने वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता नभएको दाबी गरेका थिए । ‘हामीले खरिद गरेको भन्दा सस्तोमा जहाज आउँछ भन्ने पनि कुरा आयो’ उनले भने, ‘हामीले टेण्डर आह्वान गरेर जहाज खरिद गरेका हौं ।