• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

समृद्धिको याे हाे नि तरिका !



–गङ्गराज पण्डित

बाजुरा, १३ मङ्सिर – बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाइएको हो ।

देश निर्माण र समृद्धिको अभियान आफैँबाट शुरुआत गर्ने उद्देश्यसहित प्रत्येक परिवारलाई उक्त गाउँपालिकाको विकासमा लगानी गर्न देशका लागि दुई दिन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

उक्त गाउँपालिकामा रहेका दुई हजार बढी परिवारले अबदेखि अनिवार्य रूपमा महीनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नुपर्ने भएको छ । गाउँपालिकाका,सङ्घीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारका कामका लागि दुई दिन अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँकार्यपालिकाको २२ औँ बैठकबाट निर्णय गरिएको हो ।

राज्यको लगानीले मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पूरा नहुने भएकाले शुरुआत स्वरुप कार्यक्रम यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । महीनाको ३० दिन काम गर्दा पनि २८ दिनको ज्याला पाउने र दुई दिन श्रमदान गर्नुपर्ने नीतिमै उल्लेख गरिएको उपाअध्यक्ष सीता थापाले बताउनुभयोे ।

लगानी र अनुदानमा बनिरहेका संरचनामा मात्र नभई, गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीका मुहान सफाइ आदि कार्यमा अनिवार्य जनश्रमदान गरेकै हुनुपर्ने नीति बनाइएकोे ४ नं वडाध्यक्ष वीरेन्द्र रोकायाले उल्लेख गर्नुभयोे ।

समाजमा विकासप्रति अपनत्व गराउन र विकास मेरा लागि हो, मैले पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउनका लागि यो योजनालाई अनिवार्य गरिएको गाउँपालिकाको भनाइ छ । यस विषयमा गाउँ कार्यपालिकाबाट नीति नै बनाउने तयारी भइरहेको छ । गाउँपालिकामा रहेका सबै घरधुरीले श्रमदान गरे÷नगरेको वडा कार्यालय र वडा कर्मचारीले निगरानी राख्नेछन् ।

स्वःस्फूर्त रूपमा काम नगर्ने र काम छल्ने परिवारलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट बञ्चित गर्ने गरी कडाइ गरिएको गाउँपालिकाका नायब सुब्बा अङ्गत महतले बताउनुभयो । गाउँपालिकाले यसअघि मदिरा व्यवस्थापनका लागि मदिरा सेवन कार्ड वितरण गर्ने निर्णय गरेको थियो । मदिरा सेवन कार्डको निर्णयले अहिले गाउँपालिकामा राम्रो सन्देश प्रवाह भएको स्थानीय विनिस्ता धामीले जानकारी दिनुभयो । (रासस)