२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारमाथिको धम्कीप्रति युनियनको निन्दा



अ+ अ-

 

काठमाडौँ, १३ मङ्सिर (रासस) – नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशील पत्रकार कमल पौडेलमाथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।

महासचिव अजयबाबु सिवाकोटीले आज विज्ञप्ति जारी गरी पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।

“लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा अदालतमा जान सक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ ।

पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।