३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ
अ+ अ-

– वासुदेव पौडेल 

पोखरा, १३ मङ्सिर : गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।

हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी पर्यटक पुग्ने गरेको यो ठाउँले पछिल्लो समयमा स्वदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरेको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलको पदयात्राका क्रममा भेटिएका जर्मन नागरिक हर्वट बेडेनबेन्डरले यहाँबाट देखिने दृश्य अवर्णनीय भएको टिप्पणी गर्नुभयो ।

“लामो पदयात्रा मार्गमा हिँड्दा थकाइ लाग्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो, “यहाँका यी रमणीय दृश्यले थकाइ बिर्साएको छ ।”

अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको यस स्थान पर्यटकीय नगरी पोखरादेखि नजीक हुनुका साथै एकै स्थानबाट बहुदृश्य हेर्नका लागि पर्यटक पुग्ने गरेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवम् कार्यक्रम प्रमुख प्रदीप गैरेले बताउनुभयो ।

उहाँका अनुसार विदेशी पर्यटक मात्र नभई देशका विभिन्न स्थानहरूबाट भ्रमणका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा उत्साहजनक रूपमा बढेको पाइन्छ । पदयात्राको मुख्य याममा दैनिक पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेको स्थानीयवासी वीरेन्द्र गर्बुजा बताउनुहुन्छ ।

देशको राजनीति तथा शान्तिसुरक्षाको अवस्था राम्रो बन्दै गएकोले विदेशी पर्ययक आगमन उत्साहजनक भएको बताउँदै गर्बुजाले दशैँ–तिहारको बिदाको समयमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएको उल्लेख गर्नुभयो । पुनहिलको प्रवेशद्वार घोडेपानीमा २५ वटा होटल छन् ।

यी होटलमा दैनिक एक हजार पाहुना बास बस्न सक्ने व्यवस्था छ । गाउँपालिकाले यस आर्थिक वर्षदेखि पुनहिल भ्रमण गर्न जाने स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति रु ५० र विदेशीबाट रु १५० प्रवेश शूल्क लिन शुरु गरेको छ । सङ्कलित रकममध्ये ७० प्रतिशत वडाले छनोट गरेका योजना र ३० प्रतिशत गाउँपालिकाले परिचालन गर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

पर्यटकमध्ये कतिपय कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी वा घान्द्रुक हुँदै जान्छन् भने कतिपय म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा हुँदै जान्छन् । घोडेपानीमा बास बसी सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्दै रमाउन बिहान ५ बजेको झिसमिसेमा आँखा मिच्दै झण्डै एक घण्टा पैदल हिँडेर पर्यटक पुनहिल पुग्ने गर्दछन् ।

असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम भए पनि झण्डै बाह्रै महीनाजस्तो पर्यटक यहाँ आउने गरेको टाढापानीस्थित होटल पानोरमा प्वाइन्ट एण्ड रेस्टुरेन्टका सञ्चालक मनबहादुर क्षेत्रीले बताउनुभयो । पुस–माघमा हिउँ खेल्न पाइनु र चैत–वैशाखमा पाखाभरि ढकमक्क फुल्ने गुराँस हेरेर रमाउन पाउनु यस क्षेत्रको विशिष्टता भएको उहाँको भनाइ छ ।

पुनहिलमा खिवाङ गाउँका स्व मे.टेकबहादुर पुनको स्मृतिमा ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिएको छ भने घोडेपानीका होटल व्यवसायीको पहलमा पदमार्ग, प्रवेशद्वार, सार्वजनिक शौचालय निर्माण भएको छ । पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गरी पुनहिलमा गाउँपालिकाले ‘फ्री वाइफाई’ जडानको तयारी गरेको छ ।

गाउँपालिकाका घान्द्रुक, उल्लेरी हुँदै ठूलो सङ्ख्यामा पर्यटक जाने गरेको वास्तविकतालाई दृष्टिगत गरी यस पदयात्रा मार्गको संरक्षण एवम् प्रवद्र्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका प्रमुख युवराज कुँवरले बताउनुभयो । पदमार्ग क्षेत्रअन्तर्गत गाउँपालिका क्षेत्र भित्रका होटलमा परिकार महँगो भएको भन्ने जिज्ञासामा प्रमुख कुँवरले त्यसको अनुगमन गरी उचित मूल्य राख्न पहल गरिने बताउनुभयो ।

मनोमानी तथा अत्यधिक मूल्यका परिकारले पर्यटकमा नकारात्मक असर पार्ने बताउँदै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले यसको नियन्त्रणमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो । “पर्यटकलाई उचित सेवासुविधा दिएर त्यसअनुरूप सेवा शुल्क लिनु स्वाभाविकै हो, तर नसुहाउने किसिमले चर्को मूल्य सूची राखिनुहुँदैन,” उहाँले भन्नुभयो ।(रासस)