२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराधको पराकाष्ठा ! बालकको हत्या गरी झोलामा शव !



अ+ अ-

१३ मंसिर, काठमाडौं । सुन्दै आङ सिरिङ्ग हुने घटना आज काठमाडौंको गोंगबुमा भएको छ । यहाँका एकजना ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । हत्या पनि यसरी भएको छ कि उनको शव झोलामा भेटिएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । यस्तो अपराधको पराकाष्ठाले राजधानीबासीलाई नै स्तब्ध तुल्याएको छ ।
बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । ती बालक टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । उनका बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट उनलाई बेपत्ता पारिएको थियो । उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । उनी होटल सञ्चालकका ड्राइभर हुन् । अपरहणपछि फिरौती वा अन्य कुनै माग नराखेको भएपनि उनले नै हत्या गरेको अनुमान प्रहरीको छ । सार्कीको सो परिवारसँग रिसइबी रहेको अनमान गरिएको छ । थप अनुसन्धान जारी छ ।