२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कार्यक्रमकाे प्रचार खर्च ६७ लाख – मन्त्री बाँस्काेटा



अ+ अ-

काठमाडाैं, १३ मंसिर । मन्त्रिपरिषदकाे मंसिर १० गतेकाे बैठकले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेकाे सरकारका प्रवक्ता गाेकुल बास्काेटाले बताउनुभएकाे छ ।

मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्न बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले सरकारका १४ बुँदामा समेटिएका निर्णयहरू सार्वजनिक गर्नुभयाे ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जलवायु सम्मेलनका लागिआगामी मंसीर १७ र १८ मा हुने पोल्याण्ड भ्रमणको कार्यक्रम स्वीकृत गरेकाे छ । साथै, नेपाल र कम्बाेडियाबीचको हवाई सम्झौता गर्ने, नेपाल–भारत सुरक्षा सम्बन्धी कार्यक्रम काठमाडाैंमा गर्ने, राजनीतिक वार्ता टोलीको समय थप गर्ने, भरतपुर महानगरपालिका र वाइसाइड काउन्सिल अष्ट्रेलियाबीच भगिनी सम्बन्ध स्थापना गर्न स्वीकृति दिने तथा सुनसरीको दुहवीमा हत्या गरिएका फिदा हुसैन र कपिलवस्तुमा हत्या भएका दिपेन्द चौधरीको परिवारलाई जनही १०–१० लाख दिने निर्णय गरेकाे छ ।

बैठकका निर्णयहरूकाे पूर्णपाठ निम्न बमाेजिम छः