४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कार्यक्रमकाे प्रचार खर्च ६७ लाख – मन्त्री बाँस्काेटा



अ+ अ-

काठमाडाैं, १३ मंसिर । मन्त्रिपरिषदकाे मंसिर १० गतेकाे बैठकले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७ लाख २३ हजार ७५० रुपैयाँ अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेकाे सरकारका प्रवक्ता गाेकुल बास्काेटाले बताउनुभएकाे छ ।

मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्न बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले सरकारका १४ बुँदामा समेटिएका निर्णयहरू सार्वजनिक गर्नुभयाे ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जलवायु सम्मेलनका लागिआगामी मंसीर १७ र १८ मा हुने पोल्याण्ड भ्रमणको कार्यक्रम स्वीकृत गरेकाे छ । साथै, नेपाल र कम्बाेडियाबीचको हवाई सम्झौता गर्ने, नेपाल–भारत सुरक्षा सम्बन्धी कार्यक्रम काठमाडाैंमा गर्ने, राजनीतिक वार्ता टोलीको समय थप गर्ने, भरतपुर महानगरपालिका र वाइसाइड काउन्सिल अष्ट्रेलियाबीच भगिनी सम्बन्ध स्थापना गर्न स्वीकृति दिने तथा सुनसरीको दुहवीमा हत्या गरिएका फिदा हुसैन र कपिलवस्तुमा हत्या भएका दिपेन्द चौधरीको परिवारलाई जनही १०–१० लाख दिने निर्णय गरेकाे छ ।

बैठकका निर्णयहरूकाे पूर्णपाठ निम्न बमाेजिम छः