१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युथ काँग्रेसको अवज्ञा र चौतर्फी विरोधपछि अन्ततः हट्यो जोर बिजोर



अ+ अ-


१४ मंसिर, काठमाडौं । युथ काँग्रेसले शुक्रबार बिहान काठमाडौँमा जारी रहेको सवारी साधनमा जोर बिजोर प्रणालीको अवज्ञा गर्दै आज बिजोर नम्बर वाला मोटर साइकलको जुलुश निकालेको थियो । यस प्रणालीको हिजे नै नेपाली काँग्रेसका नेता गगन थापाले पनि सरकारको व्यापक आलोचना गरेका थिए । काठाडौँमा शुक्रबार बिहान निकालिएको सो मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ पनि गरेको थियो । यो विरोधपछि प्रहरीले यसबारेमा सोच्न बाध्य भएको थियो । साथै यसको चौतर्फी विरोध भएको थियो । सो विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट (२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
तर पनि सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरु सञ्चालनमा रहेका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । जोर बिजोर प्रणालीको अवज्ञा गर्न भन्दै ४ तारे युथहरु आन्दोलनमा उत्रिएका थिए ।