२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युथ काँग्रेसको अवज्ञा र चौतर्फी विरोधपछि अन्ततः हट्यो जोर बिजोर



अ+ अ-


१४ मंसिर, काठमाडौं । युथ काँग्रेसले शुक्रबार बिहान काठमाडौँमा जारी रहेको सवारी साधनमा जोर बिजोर प्रणालीको अवज्ञा गर्दै आज बिजोर नम्बर वाला मोटर साइकलको जुलुश निकालेको थियो । यस प्रणालीको हिजे नै नेपाली काँग्रेसका नेता गगन थापाले पनि सरकारको व्यापक आलोचना गरेका थिए । काठाडौँमा शुक्रबार बिहान निकालिएको सो मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ पनि गरेको थियो । यो विरोधपछि प्रहरीले यसबारेमा सोच्न बाध्य भएको थियो । साथै यसको चौतर्फी विरोध भएको थियो । सो विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट (२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
तर पनि सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरु सञ्चालनमा रहेका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । जोर बिजोर प्रणालीको अवज्ञा गर्न भन्दै ४ तारे युथहरु आन्दोलनमा उत्रिएका थिए ।