४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

यस्ताे छ यी हाम्राे देश, शिक्षक आन्दाेलनमा कक्षा काेठा खाली

यस्ताे छ यी हाम्राे देश, शिक्षक आन्दाेलनमा कक्षा काेठा खाली
अ+ अ-

सल्यान, १४, मङ्सिर  – जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन् । आफूहरुले पटकपटक नगरपालिकामा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएपछि पेनडाउन गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।

उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिनुभयो । “तलब नखाएर काम गर्न लागेको पाँच महीना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने ?”, सचिव राठौरले भन्नुभयो ।

लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले जानकारी दिनुभयो । “हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटकपटक नगरपालिकामा आफ्नो समस्या राख्याँै सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ”, शिक्षक खड्काले भन्नुभयो ।

समयमै नगरपरिषद् नहँुदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छन् । कार्यपालिाकको बैठक पटकपटक बसे पनि सहमति हुनसकेको छैन । नगरपालिकाभित्र गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुनसकेको छैन ।

कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको वनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरीले वताउनुभयो । “हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमा नै छाँै, हामीले कार्यपालिाकको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न गरिएका क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ”, उपप्रमुख यरीले भन्नुभयो ।

नगरपालिकाका प्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताउनुभएको छ । शिक्षकको मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने पुनले जानकारी दिनुभयो ।

मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापेर फर्किएका छन् । परिषद् समयमा हुन नसक्दा नगरपालिकाभित्र रहेका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत रहेका छन् ।

(रासस)